- अब फेसबुकमा नेताको फोटो जोडेर विकृत बनाए जेलको बास - - newsallabc.com

Breaking

Thursday, February 16, 2017

- अब फेसबुकमा नेताको फोटो जोडेर विकृत बनाए जेलको बास -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


काठमाडौं । कसैलाई मधेसविरोधी त कसैलाई राष्ट्रघाती भन्दै शीर्षनेताकै तस्वीर बिगारेर तथा अर्को तस्वीरसँग जोडेर सामाजिक सञ्जालमा राख्नेहरु कम छैनन् । यदि तपाई पनि त्यसो गर्नुहुन्छ भने अब होस गर्नुहोला, यसवापत तपाईले जेल जानुपर्ने हुन सक्छ ।
संसदको विधायन समिति अन्तरगतको उपसमितिले फौजदारी कसुरसम्वन्धी विधेयक विहीबार पास गरेको छ । जसमा तस्वीर विगारेर तथा अर्को तस्वीरसँग जोडेर विकृत बनाउनुलाई अपराध मानिएको छ ।
र, यो कसुरमा २ वर्षसम्म कैद वा २० हजार रुपैयाँ जरिवाना वा दुबै सजायँ हुने व्यवस्था विधेयकमा छ ।
कानुन मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था थिएन । तर, उपसमितिले यो प्रावधान थप गरेको हो । उपसमिति संयोजक कृष्णभक्त पोखरेलले अनलाइनखबरसँग भने, यसलाई हामी भोलि (शुक्रबार) अन्तिम रुप दिन्छौं ।’
पोखरेलका अनुसार नयाँ व्यवस्थालाई लिएर केही गुनासाहरु पनि आएका छन् । र, सम्भवतः भोलिको बैठकले जेल सजायँको अवधिका लागि केही घटाउन सक्नेछ ।
सांसद पोखरेलले भने, यो पहिलो प्रयास हो । तर, सोसल मिडिया मैत्री भएन भन्ने गुनासाहरु पनि आएकाले भोलि हामी २ वर्षे जेल सजायँलाई ५/६ महिनामा झार्नेबारे छलफल गर्छौं ।’


No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167