६ फागुन, पत्रपत्रिकाको फ्रन्टपेजः मधेश नफेरेसम्म नेपालमा लोकतन्त्र कमजोर हुने भारतीय कुटनीतिज्ञको चेतावनी - newsallabc.com

Breaking

Friday, February 17, 2017

६ फागुन, पत्रपत्रिकाको फ्रन्टपेजः मधेश नफेरेसम्म नेपालमा लोकतन्त्र कमजोर हुने भारतीय कुटनीतिज्ञको चेतावनी

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


काठमाडौं । शुक्रबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुका भारतीय कुटनीतिकज्ञहरुले ‘मधेश नफेरेसम्म नेपालमा लोकतान्त्र कमजोर हुने’ चेतावनी दिएकोदेखि पाँच दिनभित्र स्थानीय निर्वाचनको मिति घोषणा हुनेसम्मका समाचारले फ्रन्टपेजमा स्थान पाएका छन् ।
जनकपुर आएर भारतीय कुटनीतिज्ञले ‘मधेश नफेरेसम्म नेपालमा लोकतान्त्र कमजोर हुने’ चेतावनी दिएको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले महत्वका साथ छापेको छ ।

निर्वाचन हुनेमा एमाले सशंकित भएकोलाई मुख्य समाचार बनाएको राजधानी दैनिकले बहुविवाह गर्नेलाई महिना दिनमै उन्मुक्ति दिएको समाचारलाई एंकर बनाएको छ ।
नयाँ पत्रिका दैनिकमा पाँच दिनभित्र निर्वाचन घोषणा हुने समाचार महत्वका साथ छापिएको छ ।
नागरिक दैनिकले पहिलो चरणमा पहाडी जिल्लाहरुमा स्थानीय निर्वाचन गर्ने तयारी भएकोलाई मुख्य समाचार बनाएको छ । त्यस्तै भूकम्पपछिको पुनर्निर्माणका लागि राष्ट्रसंघले नेपाल सरकारलाई फेरि दाता सम्मेलन गर्न सुझाव दिएको समाचारलाई प्राथमिकता दिएको छ ।
मेक्सिकोमा तीन सय नेपाली अलपत्र परेको समाचारलाई कान्तिपुर दैनिकले खास महत्वका साथ छापेको छ ।
नेकपा माओवादी केन्द्रले संविधान संशोधन विधेयक प्रक्रियामा लगेर मात्रै निर्वाचन मिति घोषणा गर्नुपर्ने निर्णय गरेको समाचारलाई महत्व दिएको गोरखापत्र दैनिकले परराष्ट्रमन्त्री प्रकाशशरण महतले युरोपेली आयोगसँग हवाई सुरक्षामा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको समाचारलाई पनि प्राथमिकता दिएको छ ।
नेपाल समाचारपत्र दैनिकमा एमालेले विदशी हस्तक्षेप बढेको निष्कर्ष निकालेकोलाई मुख्य समाचार बनाएको छ ।


No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167