करोडौंको बचत रकम हिनामिना, अपादर्शिता बढ्यो समूह बचत - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Tuesday, February 7, 2017

करोडौंको बचत रकम हिनामिना, अपादर्शिता बढ्यो समूह बचत

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


कैलाश ६ की भद्रकलादेवी सिंह ४० भन्दा बढी समूहमा आबद्ध छिन् । वडास्तरका आठवटा समूहको अध्यक्ष नै छिन् । ‘कुनै बेला त ५–६ वटा समूहको बैठक एकै दिन पर्छ,’ उनले भनिन्, ‘बिहान निस्केको मान्छे साँझ मात्र घर पुगिन्छ । कति दिन त केटाकेटी भोकै पर्छन् ।’
samuha+bachat

जयपृथ्वी नगरपालिका ६ की कालीदेवी सार्की वडास्तरका १० भन्दा बढी समूहकी बचतकर्ता हुन् । त्यसबाहेकका अरू थुप्रै समूहमा पनि आबद्ध उनलाई नै ती सबैका नाम कण्ठ छैन । 
‘सबैको नाम त कसरी याद गर्न सकिन्छ र ? यस्तै १५–२० वटा जतिमा सदस्य छु होला,’ उनले भनिन् । महिनामा न्यूनतम १० रुपैयाँदेखि अधिकतम डेढ सयसम्म बचत गर्ने उनलाई चाहिएको बेला ऋण पाउन भने मुस्किल पर्दोरहेछ । ‘आफूलाई समस्या पर्दा कतैबाट ऋण पाइँदैन, बैठक गर्ने भनेर समय मात्र बर्बाद गर्छन्,’ उनले भनिन् । 
बझाङका प्रत्येक गाविसका घरैपिच्छे ५ वटाभन्दा कम समूहमा आबद्ध मान्छे नै भेट्न गाह्रो पर्छ । 
स्थानीयको जीवनस्तर सुधार्न भन्दै विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको अगुवाइमा गठन गरिने विकासे समूहको उपलब्धि भने देखिँदैन । यस्ता समूहको संख्या जिल्लाका कुल घरधुरीको दोब्बर हुन आउँछ । जिल्लामा ३३ हजार ७ सय ७३ घरधुरी छन्, समूहको संख्या भने ६० हजारभन्दा बढी रहेको बताइन्छ । यद्यपि यसबारे कुनै निकायले आधिकारिक तथ्यांक राखेका छैनन् । 

एउटै प्रकृतिको कामका लागि एउटै गाउँमा प्रत्येक संस्थाले छुट्टाछुट्टै समूह बनाउँदा संख्या बढेको हो । एउटै संस्थाले दाता र कार्यक्रमअनुसार अलगअलग समूह बनाएको पनि पाइएको छ । यसरी जथाभाबी समूह बनाउने सरकारी निकायमा महिला तथा बालबालिका कार्यालय अग्रस्थानमा छ । कार्यालयले बचत, निगरानी, महिला विकास समिति आदि नाममा जिल्लाभरि ६ हजारभन्दा बढी समूह बनाएको छ । ‘सबै गाविसमा कार्यक्रम लागू भएको छैन, जिल्लाभरि लैजाने हो भने संख्या १० हजार नाघ्छ,’ महिला विकास अधिकृत लीला घलेले भनिन् । 
समूह गठनमा गैरसरकारी संंस्थाबीच पनि ठूलै प्रतिस्पर्धा देखिन्छ । एक गैससअन्तर्गतको सामाजिक तथा प्राविधिक विकास सेवा समूहका टिम लिडर कलक खत्री भन्छन्, ‘गैरसरकारी संस्थाले मात्र ४० हजारभन्दा बढी समूह बनाइसकेका छन् । समूह बनाउँदै छोडदै गर्ने प्रवृत्ति छ ।’ 
धेरै समूह हुँदा कतियप कार्यक्रममा दोहोरोपना देखिनुका साथै गतिविधि अपारदर्शी हुने र समुदायका मानिसको समय र स्रोत बर्बाद भइरहेको उनको भनाइ छ । ‘हाम्रो संस्थाले मात्र २५ सयभन्दा बढी समूहसँग काम गरिरहेको छ, हाल ८ देखि ९ सय समूह सक्रिय छन्,’ उनले भने । 
दाता र कार्यक्रमअनुसार फरकफरक समूह बनाउनाले बचत गरेको ठूलो रकम हिनामिना भइरहेको मटेलाका लोकेन्द्र गिरी बताउँछन् । ‘समूह बनाएर बचत गर्न लगाउँछन्, केही समयपछि एनजीओ नै गइहाल्छ, त्यो बचत जसको हातमा छ उसैले खान्छ,’ उनले भने । जिल्ला विकास समितिअन्तर्गतकै एलजीपी, डीएलजीएसपी, डकाउजस्ता कार्यक्रमले गठन गरेका समूहलाई अहिले जिविसले नै सहयोग गर्न छाडेको र ती समूहमा रहेको लाखौंको बचत रकम गायब भएको उनले बताए । 
जिल्लाभरको हिसाब गर्दा यस्ता निष्क्रिय समूहमा रहेको बचत १० करोडभन्दा बढी पुग्ने अनुमान छ । उक्त रकम समूह निष्क्रिय भएसँगै अगुवाले दुरुपयोग गर्ने गरेका छन् । कतिपय टाठाबाटाले परिवारका सदस्य मात्र रहेका झोले समूह बनाई विभिन्न कार्यालयबाट दिइने सुविधा दुरुपयोग गरिरहेको जानकारको भनाइ छ ।  
मनोमानी रूपमा समूह गठन हुनुलाई नराम्रो अभ्यास बताउँछन् स्थानीय विकास अधिकारी प्रमोद सिंखडा । ‘यस्तो काम बन्द गर्न सम्बन्धित संस्था नै सक्रिय हुनुपर्छ,’ उनले भने, ‘यसले अपादर्शिता मात्र होइन, समूहको कामको गुणस्तर र प्रभावकारितामै प्रश्न उठ्ने गरेको छ । संख्या मात्र थप्नेभन्दा भएका समूहलाई प्रभावकारी बनाउन लाग्नुपर्ने देखिन्छ ।’ जिविससँग जनशक्ति नभएकाले नियमन गर्न नसकिएको औंल्याउँदै उनले अबका दिन गैसस डेस्कमार्फत निगरानी बढाउने बताए । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167