एसएसपीको बर्दी खोल्ने डीएसपी - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Tuesday, February 7, 2017

एसएसपीको बर्दी खोल्ने डीएसपी

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को कार्यालयमा वातावरण केही फेरिएको छ । नफेरियोस् पनि किन ? अघिल्लो दिनसम्म सलाम हानिरहेको आफ्नै एसएसपी ‘सुन तस्कर’को आरोपमा हिरासतमा थुनिएका छन् ।
DIG-navaraj-silwal-1

विमानस्थलमा ३४ किलो सुन काण्डको आरोपमा हेडक्वार्टरबाटै समातिएका एसएसपी श्याम खत्री अहिले सीआइबीको हिरासतमा छन । उनीसँगै विभिन्न युनिटमा काम गरेका केही अधिकृतहरु सकेसम्म एसएसपी खत्रीको सामुन्ने पर्नु नपरोस् भन्दै तर्किइरहेका छन् ।
ब्युरोका प्रमुख डीआइजी नवराज सिलवाललाई भने सोमबार भ्याइनभ्याई थियो । १० बजेको नियमित बैठकका लागि समेत सिलवाल आउन भ्याएनन् । करिब साढे १ बजे तिर कार्यालय छिरेका सिलवाल निकै थकित मुद्रामा देखिन्थे ।
डीआइजी सिलवालको प्रहरी जीवनमा पनि आइतबारको घटना निकै नौलो थियो । कुनै दिन सँगै प्रहरीमा भर्ना पुगेको साथीलाई हत्कडी लगाउने निर्णय गरेका थिए उनले ।
एसएसपी खत्री र डीआइजी सिलवाल ०४४ सालमा सँगै प्रहरीमा भर्ना हुन पुगेका थिए । तर सिलवाल एकै पटकमा भर्ना भए भने खत्री पहिलो चरणमा छानिएनन् । र, वैकल्पिकमा परे । उनी ०४५ सालमा प्रहरी संगठनमै आए ।
लगभग आफ्नै ब्याजका एसएसपीलाई पक्राउ गर्नुभएको छ, प्रमाण पुगेरै हो त ? भन्ने प्रश्नमा सिलवालले भने ‘कानुनले आफ्नो भन्दैन । हामीसँग प्रमाण छ, त्यसैका आधारमा पक्राउ गरिएको हो ।’
करिब पाँच वर्षअघि सशस्त्र प्रहरी बलका तत्कालीन डीआइजी रञ्जन कोइराला श्रीमती हत्या काण्डको आरोपमा पक्राउ परेका थिए । उनलाई पनि आफ्नै ब्याजी काठमाडौं परिसरका तत्कालीन एसपी राजेन्द्र श्रेष्ठले हत्कडी लगाएका थिए ।
ब्युरोका डीएसपी प्रवीण पोखरेलको जीवनमा आइतबारको घटना कहिलै नविर्सने दिन भएको छ । नेपाल प्रहरीको इतिहासमा कहिल्यै नभएको घटनामा डीएसपी पोखरेल कमाण्डर बनेका थिए ।
आफ्नै हाकिमलाई हेडक्वाटरबाटै बर्दी फुकाल्न लगाएर हिरासतमा ल्याउने डीएसपी पोखरेल सोमबार खत्रीको बयान लिन र प्रमाण संकलन गर्न व्यस्त थिए । डीएसपी पोखरेल भन्छन्- ‘प्रहरीको जागिर खाइयो, प्रहरीकै हाकिम समात्नुपर्ला भनेर कसले सोचेको हुन्छ र ? तर, पनि कानुनले दिएको जिम्मेवारी पूरा गर्नैपर्छ ।’
एसएसपी खत्रीलाई थुनामा राख्ने म्याद थप्न पनि डीएसपी पोखरेल आफैं सोमबार जिल्ला अदालत पुगेका थिए । सोमबार जिल्ला अदालत काठमाडौंले एसएसपी खत्रीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।
श्रीनारायण यादवसँग खत्रीको ‘कनेक्सन’
सीआइबीका एक अधिकृतका अनुसार सुन तस्करीमा पक्राउ परेका एसएसपी खत्रीको ‘कनेक्सन’ यसअघि नै पक्राउ परिसकेका भन्सारका कर्मचारी श्रीनारायण यादवसँग देखिएको छ ।
लामो समयदेखि तथ्यांक अधिकृतका रुपमा कार्यरत श्रीनारायण यादवसँग खत्रीको दैनिक सम्पर्क देखिएको छ । भन्सारमा आएको सुनको सुरक्षाको जिम्मेवारी पनि एसएसपी खत्रीले नै लिएको सीआइबीको दाबी छ । ‘सुन भन्सारबाट पास गराउने श्रीनारायण यादव हुन्, उनले एसएसपी खत्री मार्फत प्रहरीको सेटिङ मिलाएका रहेछन् । उनीहरुवीच दैनिक थुपै्रपटक दुबै जनाको सम्पर्क देखिन्छ’ सीआइबीका एक अधिकृतले भने ।
सीआइबी स्रोतका अनुसार विमानस्थलमा कार्यरत डीआइजी गोविन्द निरौलाको भूमिकामाथि पनि अनुसन्धान भइरहेको छ । सुन आउने समयमा डीआइजी निरौलाले नै एसएसपी खत्रीलाई खटाएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको स्रोतको दाबी छ ।
त्यसो त यसअघि विमानस्थलकै डीआइजी गोपाल भण्डारीको पनि तस्करसँग सेटिङ देखिएको आशंका गरिएको थियो । तर, ३४ किलो सुन काण्डमा अहिलेसम्म एसएसपी मात्रै तानिएका छन् ।
उता भन्सारका उच्च अधिकृतहरु पनि ३४ किलो सुन काण्डमा शंकाको घेरामा छन् । त्यसो त एयर अरेबियाका नेपाल प्रमुखको भूमिकामाथि पनि सीआइबीले अनुसन्धान गरिरहेको छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167