संघीयता उल्टिने खतरा बढ्यो - प्रधानमन्त्री प्रचण्डको चिन्ता - - newsallabc.com

Breaking

Monday, February 27, 2017

संघीयता उल्टिने खतरा बढ्यो - प्रधानमन्त्री प्रचण्डको चिन्ता -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चाका नेतासँगको अनौपचारिक छलफलमा संघीयता उल्टिने खतराप्रति सचेत गराएका छन्। सोमबार साँझ मधेसी मोर्चासँग आबद्ध दलका शीर्ष नेतासँग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
मधेसी मोर्चाका नेतासँगको छलफलमा प्रचण्डले स्थानीय तहको निर्वाचन गरेर संविधान कार्यान्यवनमा नजाने हो भने संघीयता नै उल्टिनसक्ने खतराप्रति मोर्चाका नेताको ध्यानाकर्षण गराएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको र सदनमा संविधान संशोधन प्रस्ताव प्रक्रियामा रहेको सन्दर्भमा प्रधानमन्त्रीले मोर्चाका नेताहरुसँग अनौपचारिक छलफल गरेका हुन्।
बैठकमा स्थानीय तह पुर्नसंरचनाको अन्तिम टुङ्गो, संविधान संशोधन प्रस्ताव र त्यसमा मधेशी मोर्चाको भूमिका तथा स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले उल्लेख गरेको छ।
संविधान संशोधन प्रस्तावलाई अन्तिम टुंगोमा लैजान मोर्चाका नेताहरुको सुझाव माग्दै प्रधानमन्त्रीले सरकार संशोधन प्रस्तावप्रति गम्भीर र प्रतिवद्ध रहेको जानकारी समेत गराएका छन्।
भेटमा मोर्चाका नेताहरुले संविधान संशोधन प्रक्रिया र स्थानीय तहको प्रतिवेदनबारे आफ्नो चासो राखेका छन्। अनौपचारिक छलफलमा प्रधानमन्त्री प्रचण्ड, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए।
बैठकमा मंगलबार माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेशी मोर्चाबीच संयुक्त बैठक बस्ने समझदारी भएको छ। 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167