स्वास्थ्यन्त्री गगनकुमार थापा :- निर्वाचन गराउन नसके सरकारको औचित्य समाप्त । - newsallabc.com

Breaking

Monday, February 27, 2017

स्वास्थ्यन्त्री गगनकुमार थापा :- निर्वाचन गराउन नसके सरकारको औचित्य समाप्त ।

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

स्वास्थ्यन्त्री गगनकुमार थापाले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने बताएका छन्।
सोमबार रिपोर्टर्स क्लबमा बोल्दै मन्त्री थापाले वर्तमान सरकार नै निर्धारित मितिभित्रै तीन वटै तहको निर्वाचन गर्न गठन भएको स्पष्ट पार्दै भने,‘यो सरकार नै आगामी ०७४ माघ ७ गतेभित्रै तीन तहको निर्वाचन गर्न गठन भएको हो, निर्वाचन नै गर्न नसक्ने अवस्था आयो भने सरकारको औचित्य समाप्त हुन्छ, यो कुरा स्वंयम प्रधानमन्त्रीले नै भन्नुभएको छ, त्यसैले हामी निर्वाचन सफल बनाउन खरो उत्रिन्छौं।’
उनले घोषित मिति मै स्थानीय तहको निर्वाचन गर्ने कुरामा सरकार अलमलमा नरहेको जिकिर गर्दै भने,‘वैशाख ३१ गते नै निर्वाचन हुन्छ, सरकार अलमलमा छैन, निर्वाचन गराउन नसक्ने हो भने सरकारको औचित्य समाप्त हुन्छ, सरकार हुनुको अर्थ हुँदैन, सरकार लम्ब्याउने र तन्क्याउनेको अर्थ हुँदैन।’
साक्षात्कारमा बोल्दै मन्त्री थापाले भने,“सरकारले संसदमा टेबुल गराएको संविधान संशोधन प्रस्तावलाई पारित गराउनको लागि हामी हरसम्भव राजनीतिक प्रयास गर्छौं, यसको बावजुदपनि भनेजस्तो निश्कर्ष निस्कने सकेन भनेपनि सबै दल निर्वाचनमा जान उत्साहित हुनुपर्छ, निर्वाचन आफूलाई पुष्टि गर्ने मौका हो।”
मन्त्री थापाले मधेसी असन्तुष्ट दलहरु संविधान संशोधन गर्ने पक्षमा लाग्नुपर्ने बताउँदै संशोधन प्रस्ताव पारित नभए त्यहि एजेण्डालाई निर्वाचनमा लैजान आग्रह समेत गरे।
उनले नेकपा (एमाले)को संविधान संशोधन गर्न हुँदैन भन्ने र मधेसी मोर्चाको संविधानले केही पनि दिएन भन्ने सोच नै अतिवादी रहेको गुनासो पोख्दै भने,‘उनीहरु यीनै एजेण्डा लिएर चुनावमा जान्छन्, तर हामी मध्यमार्गी बाटोमा मुलुकलाई निकास दिने एजेण्डा लिएर चुनावमा जान्छौं।’
मन्त्री थापाले परिणामुखी कामका लागि आफु सदैव लागिरहेको बताउँदै कर्मचारीको सहयोगबाट सन्तुष्ट रहेको विश्वास व्यक्त गरे। उनले भने, “अहिले गरिरहेको कामलाई निरन्तरता दिए स्वास्थ्य क्षेत्रले ठूलो फड्को मार्छ, यहाँ जे नयाँ काम गर्न खोज्यो, त्यहाँ केही न केही पहिला नै आधार तयार भैसकेको छ, जोड्ने काम मात्रै हो, त्यति गरे धेरै गर्न सकिन्छ, यसको लागि म लागिपरिरहेको छु।”
उनले सरकारको जुनसुकै निकायमापनि जोखिम मोल्दा पुरस्कार पाईन्छ भन्ने संस्कार बसाल्न सके अहिलेको भन्दा ५० औं गुणा बढि काम गर्न सकिने दाबी गरे। थापाले भने,‘नेपालका कर्मचारीहरु रिस्क लिन चाहँदैनन्, किनकी उनीहरुलाई रिस्क लिँदा पुरस्कार पाईन्छ भन्ने कुरा केही छैन, उल्टै खतरा छ भन्ने भान हुन्छ, गलत काम हुन्छ कि भनेर नेपालमा धेरै कानून तथा नीतिहरु बनेका छन्।’
उनले आगामी दिनमा देशका ७५ वटै जिल्लामा सुविधासम्पन्न एम्बुलेन्स पुर्याउनेगरि आफूले काम गरिरहेको जनाउँदै थपे,‘यो कार्यलाई देशभरि तिव्रता दिनुपर्छ, एम्बुलेन्सको सेवा पाउनु भनेको लाईफ सेभिङ्को कुरा पनि हो।’
त्यस्तै उनले देशभरिका स्वास्थ्य चौकीमा मेडिकल चिकित्सकको नेतृत्वमा जनशक्ति पुर्याउनेगरि आफूले काम गरिरहेको उल्लेख गर्दै भने,‘वर्षमा अण्डरग्राजुएट २५ सय चिकित्सकहरु उत्पादन हुन्छन्, तीनलाई प्रत्येक स्वास्थ्य चौकीमा पुर्याउनको लागि करिब २ अर्ब रुपैयाँ लाग्ने रहेछ, यो पैसा मन्त्रालयको आफ्नै थैलीमा छ।’

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167