शिक्षण अस्पतालका शव गनाउन थाले फ्रिजर अभाव - newsallabc.com

Breaking

Friday, February 17, 2017

शिक्षण अस्पतालका शव गनाउन थाले फ्रिजर अभाव

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


६ फागुन, काठमाडौं । सनाखत नभएका शवको उचित व्यवस्थापन गर्न नसक्दा शिक्षण अस्पताल (टिचिङ) परिसरमा दुर्गन्ध फैलिएको छ । शवको व्यवस्थापन गर्न राज्यले पर्याप्त जग्गा उपलब्ध नगराएको र फरेन्सिक मेडिसिन विभागसँग शव गाड्ने उचित स्थान नभएकाले शव कुहिएर दुर्गन्ध फैलिएको हो ।

दिउँसो घाम लागेको समयमा शवको दुर्गन्धले उपचारका लागि आएका बिरामी र तिनका कुरुवामा असर पुगेको फरेन्सिक मेडिसिन विभागका प्रा.डा. हरिहर वस्तीले जानकारी दिए । उनले अस्पतालमा मृत्यु भएका बिरामीको शवको व्यवस्थापन गर्ने निश्चित ठाउँ नभएका कारण पछिल्लो समय समस्या बढ्दै गएको बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।


शवलाई चिसो बनाएर राख्ने फ्रिजरको अभावका कारण फरेन्सिक मेडिसिन विभागलाई दैनिक काम गर्न कठिनाइ भएको छ । कम्तिमा पनि हरेक दिन १० वटा शव राख्नुपर्ने भएपछि ती शवको व्यवस्थापन गर्न गाह्रो भएको उनले बताए । विभागसँग भएका वर्षौँ पुराना फ्रिजरहरू पनि काम नलाग्ने अवस्थामा छन् । राज्यलाई फरेन्सिक मेडिसिन विभाग भए–नभएकोबारे जानकारी नहुँदा ३०औँ वर्ष पुराना फ्रिजरबाट काम चलाइरहेको वस्तीले बताए ।
विभागसँग भएका सातवटा शव राख्ने फ्रिजरमध्ये तीनवटा काम नलाग्ने अवस्थामा थन्किएर बसेका छन् । आवश्यक उपकरणको अभाव र राज्यको बेवास्ताले शव व्यवस्थापन गर्न विभागलाई थप समस्या देखिएको छ । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167