Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
डोनाल्ड ट्रम्प, अमेरिकी राष्ट्रपति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रेम जीवन अस्थिर खालको छ । उनले अहिलेसम्म तीन जनासँग बिहे गरिसकेका छन् । उनका पाँच जना छोराछोरी र आठ नातिनातिना छन् ।
ट्रम्पको अघिल्ला दुई विवाह सम्बन्ध विच्छेदमा टुंगिएका थिए । मोडल मिलानिया नउससँगको उनको विवाह चाहिँ अझै टिकिरहेको छ ।
फेसन उद्योगमा रुचि राख्ने ट्रम्पले यस क्षेत्रमा लगानीसमेत गरेका छन् । उनकी पहिलो श्रीमती इभाना जेल्निकोभा पनि चेक गणतन्त्रकी मोडल थिइन् । उनका तर्फबाट डोनाल्ड तीन सन्तानका पिता बने ।
इभानासँग घरबार चलाइरहेका बेला ट्रम्प मार्ला माप्लेस नाम गरेकी अभिनेत्रीसँग सल्किए । यो थाहा पाएपछि इभानाले ट्रम्पलाई छोडिन् । ट्रम्पले मार्लालाई पत्नी बनाए । उनका तर्फबाट ट्रम्प एउटी छोरीका पिता बने । चार वर्ष नबित्दै उनले पनि ट्रम्पलाई छोडिन् ।
दोस्रो पत्नीले समेत छोडे पनि ट्रम्पले स्लोभानियाकी मोडल मिलानियासँग सम्पर्क बढाए र उनीसँग विहे गरे । मिलानिया अहिले प्रथम अमेरिकी महिला भएकी छिन् । उनले विभिन्न पत्रपत्रिकाका लागि नग्न फोटोसमेत खिचाएकी छिन् ।
भ्लादिमिर पुटिन, रुसी राष्ट्रपति
रुसी राष्ट्रपति पुटिनको प्रेम जीवन त्यति सफल छैन । सन् १९८३ मा उनले लुडमिला सक्रेब्नेभासँग बिहे गरेका थिए । उनीहरूको विवाह लामो समयसम्म टिक्यो । उनीहरू दुई सन्तानका आमाबुबा बने । तर, सन् २०१४ मा लुडमिलाले पुटिनसँग छोडपत्र गरिन् । उनले पुटिनलाई किन छोडिन् भन्ने विषयमा मुख खोलेकी छैनन् । सञ्चारमाध्यममा आएको कुरालाई आधार मान्ने हो भने पुटिनले अन्य महिलासँग सम्बन्ध बनाएपछि रुष्ट भएर लुडमिलाले उनलाई छोडेकी हुन् ।
विवाहअघि लुडमिला एयरहोस्टेसको काम गर्थिन् भने पुटिन चाहिँ सोभियत संघको गुप्तचर निकाय केजीबीमा आबद्ध थिए । एक मित्रको पार्टीमा जाँदा पुटिनले लुडमिलालाई भेटेका थिए । त्यहाँ चिनापर्ची भएपछि उनीहरूबीच गाढा सम्बन्ध कायम भयो र अन्ततः एकअर्कालाई जीवनसाथी बनाए ।
लुडमिलाले पुटिनसँग डिभोर्स गर्नुको कारक ३० वर्षीया रुसी एथलिट तथा सांसद् एलिना काबाइभा हो भन्ने चर्चा सञ्चारमाध्यममा चल्यो । उनीहरूबीचको सम्बन्धबारे लुडमिलाले भेउ पाएपछि उनी पुटिनबाट अलग भएको भन्ने समाचार जताततै प्रकाशित भयो । पुटिनले यस्तो समाचारलाई अफवाह भन्दै खण्डन गरे । तर, अझै पनि रुसमा एलिनाकै कारण पुटिनको घरबार बिग्रिएको बताइन्छ ।
ज्याकोब जुमा, दक्षिण अफ्रिकी राष्ट्रपति
दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाको प्रेम जीवन बढो रोचक छ । उनले छ जनासँग बिहे गरिसकेका छन् । स्वाजिल्यान्डकी राजकुमारी सेबेन्टिले लामिनीसँग पनि उनको बिहे हुने तय भएको थियो । यसका लागि उनले दाइजोस्वरूप १० वटा गाई केटीपक्षलाई बुझाएका पनि थिए । तर, उनीहरूको विवाह हुन पाएन ।
जुमा दक्षिण अफ्रिकाको जुलु समुदायका मानिस हुन् । जुलु समुदायका पुरुषले बहुविवाह गर्नुपर्ने भएकाले आफूले धेरै पटक विवाह गरेको उनले बताउने गरेका छन् । पत्नीहरूको भरणपोषणका लागि भने उनले सन् २००९ मा १२ लाख पाउन्ड राज्यकोषबाट लिएका थिए । दक्षिण अफ्रिकी सञ्चारमाध्यमा यसको चर्को विरोध भएको थियो ।
सलमान बिन अब्दुल्लाजिज अल साउद, साउदी नरेश
साउदी अरेबियाका राजाले सकेसम्म बढी बिहे गर्ने चलन छ । इस्लाम धर्मले सबै श्रीमतीलाई समान रूपमा पालनपोषण गर्न सक्ने व्यक्तिले जति बिहे गरे पनि फरक नपर्ने भनेको छ । त्यही भएर सम्पत्तिको कुनै कमी नहुने साउदी नरेशले बढी श्रीमती भिœयाउने गरेका छन् । त्यसमाथि देशभित्र जातीय सन्तुलन कयम गर्न हरेक जातीय समुदायका महिलासँग बिहे गर्ने चलन साउदी राजपरिवारमा रहँदै आएको छ ।
अहिलेका साउदी नरेशका बाबुले ३० भन्दा बढी बिहे गरेका थिए । बढी बिहे गर्ने सवालमा अहिलेका साउदी नरेश आफ्ना पितापुर्खाभन्दा निकै पछाडि छन् । उनको रंगिन जीवनबारे बेलाबेलामा सञ्चारमाध्यम खबर आउने गरे पनि प्रेमको सवालमा उनी तुलनात्मक रूपमा संयमित छन् । उनका तीनटी श्रीमती छन् ।
बसर अल असद, सिरियाली राष्ट्रपति
सिरियाली राष्ट्रपति बसर अल असदलाई सिरियामा जारी युद्धले चर्चा दिलाउने गर्छ । तर, समयसमयमा उनलाई अर्को विषयले पनि चर्चा दिलाउँछ । त्यो हो, उनकी श्रीमती अस्मा अल असद ।
असदसँग बिहे गरेर सिरियाली नागरिकता ग्रहण गर्नुअघि अस्मा सिरियाली मूलकी बेलायती नागरिक थिइन् । बेलायतको प्रतिष्ठित किंग्स कलेजबाट कम्प्युटर साइन्स र फ्रेन्च साहित्यमा स्नातक गरेकी उनी वित्तीय क्षेत्रमा काम गर्थिन् । एमबीए गर्न भनेर उनी अमेरिकाको हार्वर्ड विश्वविद्यालय जानै लाग्दा उनको बसर अल असदसँग बिहे भयो ।
असद र अस्माबीच प्रेम रहेको कुरा कतै चर्चामा थिएन । बेलायत जाँदा अस्मासँग असदको चिनजान भइसकेको थियो । दुवै प्रेममा परिसकेका थिए । बाबु हाफेज अल–असदको मृत्युपछि बसरको काँधमा शासनको अभिभारा आइलाग्यो । त्यसलगत्तै उनले अस्मासँग बिहे गरे । असद इस्लामको अल्वाइट सम्प्रदायका हुन् भने अस्मा सुन्नी समुदायकी । त्यही भएर उनीहरूबीचको विवाहलाई सिरियामा त्यतिबेला नयाँ शासक बसरको सुधारमुखी व्यक्तित्वको संकेतका रूपमा प्रचार गरिएको थियो ।






No comments:
Post a Comment