प्रेम प्रस्ताव अस्वीकार गर्दा हामफालेर आत्महत्या - newsallabc.com

Breaking

Wednesday, February 15, 2017

प्रेम प्रस्ताव अस्वीकार गर्दा हामफालेर आत्महत्या

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


चितवन—प्रेम प्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन्। 

चितवनका प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार प्रणय दिवसका दिन साँझ फूल लिएर एक युवतीलाई प्रेम प्रस्ताव राख्दा नमानेपछि सुनसरी घर भई भरतपुर १० ओमशान्ति चोक बस्दै आएका २० वर्षीय विकल चौधरीले आत्महत्या गरेका हुन्। 


'कक्षा ९ मा पढ्दै आएकी एक किशोरी बसेको घरमा पुगेर प्रेम प्रस्ताव गर्दा उनले नमानेपछि तीनतले घरको छतबाटै हामफालेर आत्महत्या गरेको देखियो', प्रहरी प्रमुख थापाले भने।

उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। घटना मङ्गलबार साँझको भए पनि अहिलेसम्म शव अस्पतालमै रहेको र दुई पक्षबीच छलफल गरेर शव परिवारलाई बुझाइने उनले जानकारी दिए। अर्जुन श्रेष्ठको घरमा डेरा गरेर बस्दै आएकी ती किशोरी भेट्न विकल त्यहीँ पुगेका थिए । रासस  

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167