राप्रपा अध्यक्षमा कमल थापा सर्वसम्मत - महाधिवेशन अघि नै - - newsallabc.com

Breaking

Wednesday, February 15, 2017

राप्रपा अध्यक्षमा कमल थापा सर्वसम्मत - महाधिवेशन अघि नै -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




काठमाडौं । एकता अधिवेशनको दुई दिन अघि नै कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु सहमत भएका छन् ।
राप्रपा र राप्रपा नेपालको एकतापछि बनेको राप्रपाले फागुन ६ देखि ९ सम्म एकता महाधिवेशन गर्दैछ । महाधिवेशनको पूर्वसध्यामा थापासँगै पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्षका दाबेदार थिए ।

तर, तत्कालीन राप्रपा नेपालका अध्यक्ष रहेका थापा हावी भएपछि राणा र लोहनी क्रमशः पछि हटे । थापाको नेतृत्वमा सर्वसम्मत सहमति जुटाउन सुनिलबहादुर थापासहितका दोस्रो तहका नेताहरु सक्रिय थिए ।
र, बुधबार साँझ भएको शीर्ष नेताहरुको बैठकमा कमल थापालाई अध्यक्ष बनाउने सहमति जुटेको छ । सहमति पत्रमा राणा र लोहनीसँगै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पनि हस्ताक्षर गरेका छन् ।
यससँगै अब राप्रपा महाधिवेशनमा केन्द्रीय सदस्यका लागि मात्र चुनाव हुनेछ । राप्रपामा अध्यक्षको नेतृत्वमा २४ जना पदाधिकारीको कार्यसमिति गठन गरिने छ, जसमा तीन उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता, पाँच सहमहामन्त्री, सात सहायकमन्त्री, एक सहायक कोषाध्यक्ष र दुई सहप्रवक्ता रहनेछ । तर, अध्यक्ष बाहेक अरू मनोनित हुने व्यवस्था छ ।
चार शीर्ष नेताहरुले पार्टीलाई देशको अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउन महाधिवेशनलाई पारस्पारिक एकता, सद्भाव र सहमतिको आधारमा सम्पन्न गर्न सबैलाई आहृवान गरेका छन् ।
नेताहरुबीच पार्टीको विधानमा निति निर्धारण तथा निर्देशन समिति गठनको व्यवस्था गर्ने सहमति भएको छ । यसमा राणा, चन्द, लोहनीसहितका वरिष्ठ नेताहरु रहनेछन् । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167