४ फागुन, पत्रपत्रिकाको फ्रन्टपेजः मोर्चाले नमाने पनि जेठमा चुनाव - newsallabc.com

Breaking

Wednesday, February 15, 2017

४ फागुन, पत्रपत्रिकाको फ्रन्टपेजः मोर्चाले नमाने पनि जेठमा चुनाव

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच मधेसी मोर्चाले नमाने पनि जेठमा स्थानीय चुनाव गर्न ‘मोटामोटी सहमति’ भएको समाचारलाई बुधबार प्रकाशित दैनिक पत्रिकाहरुले फ्रन्टपेजमा छापेका छन् । त्यस्तै नेपाल-भारत उर्जा वैठकसँग सम्बन्धित समाचारलाई पनि प्रायःपत्रिकाहरुले फ्रन्टपेजमा स्थान दिएका छन् ।
३७ लाख जनतालाई खानेपानी सुविधा नभएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले स्ववियु निर्वाचन अधिकारी अपहरणपछि मुक्त भएको समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ । त्यस्तै सरकारले आइतबार चुनाव मिति घोषणा गर्ने तयारी गरेको समाचार फ्रन्टपेजमा छापिएको छ ।
अन्नपूर्ण पोस्ट् दैनिकको फ्रन्टपेजमा ६ बर्षीया बालिकाको बलात्कारपछि हत्या भएको समाचार र दोस्रो अन्तरदेशीय प्रसारण लाइन सरकारी तहमा बनाउने नेपालको प्रस्ताव भारतले अस्वीकार गरेको समाचार छापिएको छ ।
मोर्चाले नमाने पनि जेठमा चुनाव गर्न प्रमुख दलहरुबीच सहमति भएको समाचारलाई नागरिक दैनिकले प्राथमिकता दिएको छ ।
कान्तिपुर दैनिकले संविधान संशोधनमा एमाले लचक हुने संकेत देखिएको समाचारलाई महत्व दिएको छ ।
प्रमुख दलका शीर्ष नेताहरुले मधेसी मोर्चालाई मनाउन अन्तिम कसरत गर्ने समाचारलाई राजधानी दैनिकले प्राथमिकताका साथ छापेको छ ।
गोरखापत्र दैनिकको फ्रन्टपेजमा संसदीय समितिबाट निर्वाचन आयोगमा तीन आयुक्तको नाम अनुमोदन भएको समाचार प्रकाशित छ ।
स्थानीय निकाय ठप्प भएको समाचारलाई नेपाल समाचारपत्र दैनिकले फ्रन्टपेजमा छापेको छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167