सभासद बन्न नसकेपछि अण्डरवर्ल्डतिर - दाउदका नेपाली एजेन्ट - - newsallabc.com

Breaking

Tuesday, February 7, 2017

सभासद बन्न नसकेपछि अण्डरवर्ल्डतिर - दाउदका नेपाली एजेन्ट -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


काठमाडौं । अण्डरवर्ल्ड डन दाउद इब्राहिमका एक सदस्य काठमाडौंबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष ब्यूरोले सूचनाको आधारमा पक्राउ गरेका दाउदका नेपाली एजेण्ट सम्सुर होदा बारा जिल्ला निवासी हुन् ।

विशेष ब्युरो स्रोतका अनुसार, होदा दुबईमा बसेर दाउदका लागि काम गर्दै आएका थिए । करिब एक वर्षदेखि दुबईमै बस्दै आएका होदा २० दिनअघि मात्र काठमाडौं ओर्लिएका थिए ।
लगतै प्रहरीको निगरानीमा परे । केही दिन निगरानीपछि उनलाई पक्राउ गरिएको प्रहरीको विशेष ब्यूरोका प्रमुख डीआईजी बमबहादुर भण्डारीले अनलाइनखबरलाई बताए ।
को हुन होदा ?
होदाको ठेगाना बारा जिल्लाको कलैया हो । ४८ वर्षीय उनी सन् २००१ मा रोजगारीको लागि मलेसिया पुगेका थिए ।
त्यहाँ करिब एक वर्ष काम गरेपछि उनी नेपाल फर्किएका थिए । यहाँ आएपछि राष्ट्रिय मधेस समाजवादी पार्टीमार्फत राजनीति पनि थालेको विशेष ब्यूरो स्रोतले जनाएको छ ।
शरतसिंह भण्डारी नेतृत्वको रामसपाबाट उनी ०७० सालको संविधानसभा चुनावमा उम्मेवार पनि बनेका थिए । तर, राजनीतिमा पार नलागेपछि उनले जग्गाको कारोबार सुरु गरेका थिए । त्यही बीचमा उनको सम्पर्क दुबईमा रहेका एक पाकिस्तानी नागरिकसँग सम्पर्क भएको अनुसन्धानको क्रममा देखिएको छ ।
सफी नाम गरेका पाकिस्तानी मार्फत होदा एक वर्षअघि पहिलो पटक दुबई पुगेको देखिएको छ ।
विशेष ब्यूरो प्रमुख भण्डारीका अनुसार, होदा नक्कली भारुको काम गर्न दुबई गएका थिए । ‘नक्कली भारुको कामका लागि पहिले उनी मलेसिया पुगेको देखिन्छ’, उनले अनलाइनखबरसँग भने, ‘त्यहाँ काम नभएपछि नेपाल फर्किएर दुबई गएको खुलेको छ ।’
मलेसियाबाट फर्केको २० दिनपछि नै २०१६ को सुरुवातमै होदा दुबई पुगेका थिए, जहाँ उनले नक्कली भारुको धन्दा गर्ने जिम्मेवारी पाए ।
उनले २०१६ को मार्चतिर ५० लाख नक्कली भारु नेपालकै बाटो भएर भारत पठाएका थिए । ब्युरोको स्रोत भन्छ, ‘होदाले त्यो रकम अरुलाई बोकाएर पठाएका थिए । त्यसैले उनी दुबई गएपछि दाउदको ग्याङमा फसेको हुन सक्छ ।’
भारतमा बम विष्फोटको योजना तुहिएपछि काठमाडौंमा
पैसा कमाउने मोहमा पाकिस्तानी नागरिक मार्फत दुवई पुगेका होदा एक वर्षमै दाउदको ग्याङमा संलग्न भए । नक्कली भारु पास गराउन सफल भएपछि उनलाई भारतको रेल स्टेशनमा बम विष्फोट गराउने जिम्मेवारी दिइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
होदाले गत पुसमा भारतको केही रेल स्टेशनमा बम विष्फोट गराउने जिम्मेवारी पाएका थिए । तर, त्यो काम पूरा गर्न नसकेपछि उनले दुबईमा आफूलाई असुरक्षित महसुस गरेका थिए ।
बम विष्फोट गराउने कामका लागि होदाले नेपालमा अरुलाई नै खटाएका थिए । त्यसका लागि उनले नेपाली एजेन्टलाई नौ लाख रुपैयाँ समेत पठाएको देखिन्छ ।
ब्यूरोका डीआईजी भण्डारी भन्छन्, ‘होदाकै नामबाट गिरीबाबा भन्ने वृजकिशोर गिरीको नाममा तीन महिनाअघि चार लाख रुपैयाँ हिमाल रेमिटको वीरगञ्ज शाखामा पठाएको खुलिसकेको छ । त्यस बाहेक कति पठाइएको थियो, खोज्दै छौं ।’
तर, नेपालबाट जिम्मा लिने वृजकिशोरले विष्फोटको काम पूरा गर्न नसकेपछि दुबईमा होदा असुरक्षित भएका थिए ।
यसरी खुल्यो अण्डरवर्ल्डसँगको कनेक्सन
गत पुस १३ गते बाराको सहजनाथ सामुदायिक वनमा दुई भारतीय नागरिकको हत्या भएको थियो । घटना शंकास्पद देखिएपछि काठमाडौंबाट प्रहरीको विशेष ब्युरोको टोली बारा पुग्यो ।
हत्या गरेको आरोप लागेका बाराकै बृजकिशोर गिरी (गिरीबाबा)लाई पक्राउ गर्न प्रहरीले गोली चलाएको थियो । खुट्टामा गोली हानेर पक्राउ गरिएको गिरीले नै सबै पोल खोले ।
गिरीले नै होदा मार्फत भारतमा बम विष्फोट गराउनका लागि ‘सुपारी’ लिएको खुलासा गरेको विशेष ब्यूरोका एक अधिकृतले बताए ।
गिरीसँगै अन्य दुई जना पनि पक्राउ परकेा थिए । गिरीको समूहले हत्या गरेको भनिएका दुई भारतीय रेल स्टेशनमा बम विष्फोट गराउने जिम्मेवारी दिइएका व्यक्तिहरु भएको ब्यूरोको दाबी छ ।
उता भारतमा पनि यही समूहसँग जोडिएका तीन जना भारतीय पक्राउ परे । नेपाल र भारतमा एउटै घटनासँग जोडिएको व्यक्तिहरु पक्राउ परेपछि घटना थप गम्भीर बन्दै गएको थियो । त्यसपछि होदा ब्युरोको निगरानीमा परे ।
उता यही समयमा दुबईमा असुरक्षित महसुस गरेका होदा परिवारको सम्पर्कमा आए । तर, दुबईबाट भागेर काठमाडौं ओर्लिएका उनी धेरै दिन प्रहरीबाट बच्न सकेनन् र, पक्राउ परे ।
भारतीय प्रहरीले भने गत वर्ष कानपुरमा १४० जनाको मृत्यु हुने भएको ‘दुर्घटना’मा होदाको संलग्नता रहेको र उनी पाकिस्तानी गप्तचर सस्था आईएसआई एजेन्ट भएको हुनसक्ने आशंका गरेको छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167