“भ्रम नफैलाउ नत्र विश्वनियता गुम्ला” - नेजाले भन्यो - - newsallabc.com

Breaking

Tuesday, February 7, 2017

“भ्रम नफैलाउ नत्र विश्वनियता गुम्ला” - नेजाले भन्यो -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


नेपाल अमेरीका पत्रकार संघ (नेजा) ले अमेरीकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा जारी कार्यकारी आदेशको विषयलाई लिएर केही नेपाली मिडियाहरुमा संप्रेषण भएका समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
नेजाका अध्यक्ष भोला आचार्यद्धारा जारी गरिएको एक प्रेस विज्ञप्तीमा ट्रम्पको आदेशपछि केही मिडियाहरुमा आएका समाचारहरुले जनमासमा त्रासको वातावरण सिर्जना भएकोले यस्तो संबेदनसिल विषयलाई ख्याल गरेर सत्य र तथ्य समाचार संप्रेषण गर्न भनिएको छ ।

ट्रम्पको आदेश र त्यसपछिका समाचार प्रति जनगुनासो बढ्दै गएको र यसले समाजमा ऐनाको काम गर्ने मिडिया र मिडियाकर्मी माथीको विश्वनियता गुम्न सक्ने खतरा भएकोले भ्रम नफैलाउन विज्ञप्ती मार्फत मिडिया र मिडियाकर्मीलाइ आग्रह गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ- “पत्रकारिताका आधारभुत मुल्यमान्यतालाई आत्मसाथ गर्दै सामाजिक उत्तरदायित्वको भुमिकालाई समेत ख्याल गरि जिम्मेवार बन्नुपर्ने खांचो देखिएको छ”।

केही मुस्लिम देशहरुको हकमा जारी कार्यकारी आदेशको गलत व्याख्या गर्दै केही नेपाली मिडियाहरुमा आदेशले अमेरीकामा रहेका सबै नेपालीहरुलाई असर गर्ने भन्ने अर्थ लाग्ने समाचारहरु बारम्वार आइरहेपछि नेजाको ध्यानाकर्षण भएको विज्ञप्ती आएको हो ।

सामाजिक संजाल प्रयोगकर्ताहरुलाई समेत नकारात्मक असर पर्ने यस्ता विषयहरुप्रती गम्भिर बनिदिन नेजा अध्यक्ष आचार्यद्धारा जारी विज्ञप्तीमार्फत अनुरोध गरिएको छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167