Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
काठमाडौं – मंगलबार निर्वाचन आयोगमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, सांसद तथा नेताहरुले बिद्युतीय मेसिनबाट भोट हाले । उनीहरुले मोवाइलको टचस्क्रीन जस्तै विद्युतीय भोटिङ मेसिनमा रहेको नमुना मतपत्रमा छोएर मतदान गरे । उनीहरुले दिएको मत मेसिनमै रेकर्डमात्र भएन त्यसको प्रिन्ट पनि आयो । मतदान गरेको त्यो प्रिन्टलाई उनीहरुले मतपत्र जस्तै पट्याएर मतपेटिका बाकसमा पनि खसाले ।
यो नयाँ प्रविधिको प्रर्दशन गरेको थियो बेलायतको हाउस अफ लर्डका पूर्व सदस्य लर्ड ब्राउनको टोलीले । ब्राउनको मतदानका लागि बिद्युतीय मेसिन उत्पादन गर्ने कम्पनी समेत रहेकोले नेपालमा उनी नयाँ प्रविधि देखाउन आएका थिए ।
आयोगको हलमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, संघीय समाजबादी फोरमका अशोक राई लगायत विभिन्न पार्टीका सभासदहरुले बिद्युतीय भोटिङ मेसिनबाट नमुना मतदान गरे ।
के संभव छ नेपालमा ?
नेपालमा बिद्युतीय भोटिङ मेसिनको प्रयोग परिक्षण नभएको भने होइन । संविधान सभाको चुनावका बेला काठमाडौं क्षेत्र नं. १ मा बिद्युतीय भोटिङ मेसिनको प्रयोगबाट निर्वाचन भएको थियो । त्यतिबेला प्रयोग गरिएको मेसिन भारतमा प्रयोग हुने गरेको किबोर्ड स्टाईलको थियो । मतदाताले बिद्युतीय भोटिङ मेसिनबाट भोट हालेपछि एकप्रकारको आवाज आउने गर्दथ्यो ।
आयोगमा मंगलबार प्रर्दशन गरिएको मेसिन भने स्मार्टफोनसँग मिल्दोजुल्दो टचस्क्र्रीनमा छोएर भोट खसाल्ने प्रविधिमा आधारित छ । यो भोटिङ मेसिन ब्राजिल तथा फिलिपिन्समा धेरै प्रयोग भएको ब्राउनको टोलीले बतायो ।
नेपाल निर्वाचनका बेला कागजी मतपत्र असुरक्षीत हुने, छपाई तथा ढुवानी खर्च धेरै लाग्ने भएकोले यस किसिमको बिद्युतीय मतदान मेसिन उपयुक्त हुने निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरु स्मार्ट फोन चलाउन अभ्यस्थ भएकाले नयाँ प्रविधीको विद्युतीय मेसिनबाट भोट हाल्न सक्षम रहेको बताँउदै यसबारे आयोग र सरकारले छलफल गरेर निर्णग गर्ने बताए ।
नेपालका मतादाता र राजनीतिक पार्टीमा यसप्रति विश्वास हुनु नै बिद्युतीय मेसिनको प्रयोगको पहिलो सर्त हो । अर्को कुरा यो प्रविधीमा आधारित भएकोले यसको प्रयोगका लागि शिक्षाका साथै मतदाता साक्षरताको पनि अवश्यकता पर्दछ ।
नेपालका मतादाता र राजनीतिक पार्टीमा यसप्रति विश्वास हुनु नै बिद्युतीय मेसिनको प्रयोगको पहिलो सर्त हो । अर्को कुरा यो प्रविधीमा आधारित भएकोले यसको प्रयोगका लागि शिक्षाका साथै मतदाता साक्षरताको पनि अवश्यकता पर्दछ ।
चुनावमा विद्युतीय भोटिङ मेसिन प्रयोगबारे राजनीतिक तहमा सहमति जुटेमा सरकारले निर्वाचन आयोगसँग छलफल गरेर टेन्डर प्रक्रियाबाट यस्ता मेसिन खरिद गर्न सक्छ ।
यस्तो छ आयोगमा प्रर्दशन गरिएको बिद्युतीय भोटिङ मेसिनको बिशेषता
–मेसिनको डिस्प्लेमा मतपत्रको चिन्ह देखिन्छ, त्यसमा छोएर मतदान गरिन्छ ।
–मतदान गरेपछि एकप्रति प्रिन्ट हुन्छ, त्यसलाई पट्याएर मतपेटिकामा खसासिल्छ ।
–मतदानका बेला यसमा इन्टरनेट जोडिएको हुँदैन, यो अफलाइन हुन्छ ।
–मतदान सम्पन्न भएपछि यसले केही समयमै मतपरिणाम देखाँउछ ।
–कुन उम्मेद्वारले कति मत पाए, कति मत खस्यो, सबै विवरण केन्द्रीय सर्भरमा पठाँउछ ।
–कुन उम्मेद्वारले कति मत पाए, कति मत खस्यो, सबै विवरण केन्द्रीय सर्भरमा पठाँउछ ।
–चुनावमा मत बदर हुँदैन ।
–चुनावमा मतदान पछि कर्मचारीमाथि आक्रमण भयो भनेपनि चुनाव रोक्नुपर्दैन । मतदातले दिएको भोट मेसिनमा सुरक्षित रहन्छ । मेसिनमा आन्तरिक मेमोरी र बाह्य मेमोरीमा डाटा रहन्छ ।
–कम खर्चिलो हुनुका साथै मतदानस्थलमा ढुवानीका लागि पनि सजिलो हुन्छ । थोरै निर्वाचन कर्मचारी भए पुग्छ ।
–मेसिन बिग्रियो भने अर्को ब्याकअप मेसिन प्रयोग गर्न सकिन्छ ।
–जतिसुकै राजनीतिक दल भएपनि आवश्यकता अनुसार चुनाव चिन्हको लिष्ट लम्बाउन सकिन्छ ।
–मतपत्र प्रिन्ट पनि भएर मतपेटिकामा पनि खस्ने भएकोले यसको विश्यसनियता उच्च हुन्छ ।
–मतदान गर्न समय पनि थोरै लाग्ने हुन्छ ।
–देशको कानुन तथा निर्वाचन पद्धती अनुसार यसलाई सेटिङ गर्न सकिन्छ ।
–चुनावमा मेसिनको प्रयोग गर्नुअघि मतदाता साक्षरता दिनुपर्छ ।
–मतदान हुनुअघि राजनीतिक दलको रोहबरमा सात÷आठ पटक यसको परिक्षण गरेर प्रयोग गरिन्छ ।
No comments:
Post a Comment