प्रदेश नम्बर २ कश्मीर बनाएको हो ? - त्रिपाठीको प्रश्न - - newsallabc.com

Breaking

Friday, February 17, 2017

प्रदेश नम्बर २ कश्मीर बनाएको हो ? - त्रिपाठीको प्रश्न -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


मधेसीको देशभक्तिमाथि प्रश्न नउठाउन चेतावनी

६ फागुन, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले मधेसीको देशभक्तिमाथि प्रश्न नउठाउन चेतावनी दिएका छन् । साथै संविधान संशोधन नभए साथ दिन नसक्ने बताए ।

राप्रपाको महाधिवेशनमा एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधन प्रस्ताव देश हितमा नभएको भन्दै त्यसको विपक्षमा उभिन आहृवान गरे । नेकपा माले महासचिव सीपी मैनालीले सरकारले ल्याएको संशोधन प्रस्ताव अनुसार प्रदेश नम्बर ५ बनाए देश टुक्रिने बताएका थिए ।
सम्बोधनका क्रममा तमलोपा नेता त्रिपाठीले ओली र मैनाली दुबैलाई जवाफ दिए ।
आफू शुभकामना दिन आएको तर, अघिल्ला वक्ताहरुका कारण अरु विषय पनि बोल्नु परेको भन्दै उनले भने, ‘जुन बेला तराई मधेसमा औलो उन्मुलन भएको थिएन, त्यसबेलादेखि नै सीमाको रक्षा थारु मधेसीले गरेका हुन् । हाम्रो देशभक्तिमाथि प्रश्न उठाउने अपराध नगरियोस् ।’
प्रदेश नम्बर ५ को सीमांकन हेरफेर गरे देश टुक्रिन्छ भन्ने भ्रम फैलाइएको भन्दै तमलोपाका नेता त्रिपाठीले भने, ‘प्रदेश नम्बर २ किन बताएको त ? कश्मीर बनाउन ? कि कालो पदार्थ खाएर बनाएको हो ?’
उनले अहिलेको संविधान संशोधन नगरिए २०४७ सालको संविधान जस्तै हुने चेतावनी दिए । २०४७ सालको संविधानलाई कांग्रेस-एमालेले उत्कृष्ट संविधान भने पनि त्यसको सति कोही पनि नगएको भन्दै उनले भने, ‘संविधान जीवन्त डकुमेन्ट भएन भने लागू गर, लागू गर भनेरमात्र हुँदैन ।’
उनले अघि भने, ‘संविधान अधुरो र अपुरो छ । समृद्ध नगरिकन हाम्रो सहयोग हुनेछैन ।’

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167