नेपालमा तीन खर्ब लगानीको प्रतिवद्धता चिनियाँद्वारा - newsallabc.com

Breaking

Friday, February 17, 2017

नेपालमा तीन खर्ब लगानीको प्रतिवद्धता चिनियाँद्वारा

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 'नेपालमा लगानीको अवसर' सेमिनारमा चीनका उत्कृष्ट कम्पनीहरुको सहभागिता
  • चिनियाँ लगानीकर्ताहरुले झण्डै तीन खर्व नेपाली रुपैयाँ (१८ अर्ब ५० करोड चिनियाँ युआन) को लगानी प्रतिबद्धता जनाएका छन् । बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको एक सेमिनारमा उनीहरुले उत्साहका साथ उक्त रकम बराबरको लगानी प्रतिबद्धता जनाएका हुन् ।
    दूतावासले विश्वकै उत्कृष्ट पाँच सय ठूला कम्पनीहरुमा सूचिकृत चिनियाँ कम्पनीहरुलाई सहभागी गराउँदै शुक्रबार ‘नेपालमा लगानीको अवसर’ विषयमा एक सेमिनारको आयोजना गरेको थियो । सेमिनारमा वर्षौंदेखि नेपालमा लगानी गरिरहेका कम्पनीहरुदेखि चीनका ख्यातिप्राप्त कम्पनीका प्रतिनिधिहरु सहभागी थिए । 
  • नेपालमा लगानी गरिरहेका पावर चाइना, गेजुवा कम्पनी, जेडटिईलगायत चीनकै प्रख्यात चाइना इन्जिनियरिङ कर्पोरेसन, चाइना रेलवे कन्ट्रक्सन कम्पनी, एभिक कम्पनी, युन्नान कन्ट्रक्सन कम्पनी, साइनो पेक, इनर्जी चाइनालगायतका कम्पनीले सेमिनारमा भाग लिएका थिए । 
  • पावर चाइना इन्टरनेसनल ग्रुप (तत्कालीन सिनो हाइड्रो) ले नेपालका विभिन्न जलविद्युत आयोजनामा लगानी गरेको छ । नेपाल टेलिकमसँग व्यावसायिक साझेदारी गर्दै आएको जेडटिई, विभिन्न पूर्वाधार क्षेत्रमा काम गर्दै आएको गेजुवा कम्पनीले नेपालमा लगानी गरिरहेको छ । 
    लीलामणि पौडेल राजदूत भएर आएपछि दूताबासले विभिन्न गतिविधिहरु संचालन गर्दै आएको छ । यसभन्दा अगाडि पनि एम्बेसडर फोरमसँग मिलेर दूताबासले नेपालमा लगानी गर्न इच्छुक चिनियाँ लगानीकर्तालाई लक्षित यस्तै प्रकारको सेमिनारको आयोजना गरेको थियो । त्यसैगरी नेपालको पर्यटन प्रवर्धनलगायतका कार्यक्रमहरु पनि आयोजना गर्दै आएको दूतबासले जनाएको छ । 
    सेमिनारमा सहभागीहरुलाई स्वागत गर्दै नेपालमा चिनियाँ लगानीको अवस्थाका बारेमा राजदूत पौडेलले प्रकाश पारेका थिए । चीनले अगाडि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ भित्र नेपाल पनि पर्ने भएकाले नेपाल चिनियाँ लगानीकर्ताका लागि उत्कृष्ट क्षेत्र रहेको उनले प्रकाश पारे । दूताबासका इकोनोमिक मिनिष्टर बिनोद आचार्य र प्रथम सचिव साबित्रा ओलीले नेपालमा चिनियाँ लगानीको संभावनामाथि श्रव्यदृश्य सामग्री प्रस्तुत गरेका थिए ।
    सेमिनारमा नेपालका लागि पूर्व चिनियाँ राजदूत सुन हपिङले नेपालमा लगानी गर्नु चिनियाँका लागि सुनौलो अवसर रहेको बताए । उनले आफ्नो कार्यकालमा नेपालमा चिनियाँ लगानी उल्लेख्य बढेको बताउँदै चिनियाँ प्रविधि र पूँजी नेपालको पूर्वाधार क्षेत्रमा अत्यन्त्य अनुकूल रहेको उल्लेख गरे । नेपाली जलविद्युत उद्योगमा चिनियाँ लगानीलाई आकर्षित गर्न नेपाल सरकारले विभिन्न अनुकूल नीतिहरु बनाएको उल्लेख गर्दै सुनले चिनियाँ लागनीकर्ताले चाँडै प्रतिफल प्राप्त गर्ने औल्याए ।
    त्यसैगरी पावर चाइना इन्टरनेसनल ग्रुप लिमिटेडकी वाणिज्य प्रवन्धक ये फानले नेपालमा लगानी गरेको आफ्नो कम्पनीको २० वर्षको अनुभव व्यक्त गर्दै नेपालको जलविद्युत र पूर्वाधार क्षेत्र चिनियाँ लगानीका लागि उत्कृष्ट स्थान रहेको बताइन् ।
      
    चिनियाँ लगानीकर्ताहरुको सेमिनारमा चीनका विभिन्न सरकारी कार्यालयका प्रतिनिधिको पनि उपस्थिति थियो । वैदेशिक लगानी प्रवर्द्धनमा चिनियाँ परिषद ‘सीसीपीटीआई’ हबेइ प्रान्तका प्रतिनिधिसहित चिनियाँ वाणिज्य मन्त्रालयका प्रतिनिधि र हबेइ प्रान्तको वैदेशिक मामिला कार्यालयका अधिकारी सहभागी भएर उनीहरुले आफ्नो क्षेत्रका कम्पनीहरुलाई नेपालमा लगानी गर्नका लागि प्रोत्साहित गर्ने बताएका छन् ।

    चिनियाँ कम्पनीहरुले नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा भाग लिन पनि रुचि देखाएका छन् । सेमिनारमा उनीहरुले लगानी सम्मेलनमा नेपालका एजेन्डा तथा चीनले गर्न सक्ने लगानीका क्षेत्रमा समेत चासो राखेका थिए । सेमिनारमा विभिन्न कम्पनीका ६४ प्रतिनिधिहरुले भाग लिएका थिए । सेमिनारमा भाग लिएका मध्ये १८ कम्पनीका ५१ जना प्रतिनिधिहरुले नेपालले आगामी मार्च २ र ३ मा गर्ने भनेको लगानी सम्मेलन भाग लिने बताएका थिए ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167