राहदानी शक्तिशाली भएको देश "जर्मनी " - नेपाल ८९ औं स्थान मा - - newsallabc.com

Breaking

Tuesday, February 21, 2017

राहदानी शक्तिशाली भएको देश "जर्मनी " - नेपाल ८९ औं स्थान मा -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

 Source Global Passport


सन् २०१७ मा विश्वको सबैभन्दा शक्तिशाली र मूल्यवान पासपोर्ट (राहदानी) जर्मन पासपोर्ट भएको छ।
पासपोर्टको बर्गिकरण गर्दै आएको संस्था पासइन्डेक्सले विश्वका कति राष्ट्रहरू बिना भिसा भ्रमण गर्न पाइने र अन अराइभल (आगमन)पछि विमानस्थल मै भिसा जारि गरिने लगायतको आधिकारिक श्रोतको आधारमा २०१७ बिभिन्न १ सय ९९ वटा देशको पासपोर्ट बर्गिकरण गरेको हो।
शक्तिशाली पासपोर्ट बाहक जर्मनीयनले विश्वका १ सय ५८ वटा देशको बिना भिसा भ्रमण गर्न सक्छन् भने दोस्रो शक्तिशाली राष्ट्र स्वीडेन र सिंगापुरका राहदानीवाहकलाई १ सय ५७ वटा राष्ट्रमा भिसा फ्री रहेको छ।
साथै अमेरिका, बेलायत, नर्वे, फ्रान्स, डेनमार्क, फिनल्याण्ड र स्पेन तेस्रो शक्तिशाली पासपोर्टको सूचिमा छन्।
सो इन्डेक्सका अनुसार नेपाल, लेबनान, लिबिया र प्यालेस्तिनाको स्थान ८९ औं रहेको छ। नेपालको छिमेकी राष्ट्र भुटान (७९ औं) अर्को छिमेकी राष्ट्र भारत (८२ औं) भन्दा शक्तिशाली रहेको छ।
चीन ६९ औं शक्तिशाली पासपोर्ट रहेको छ। सबै भन्दा कमजोर पासपोर्ट अफगानिस्तान, पाकिस्तान, इराक, सिरिया र सोमालियाको छ।
नेपाली राहदानी बाहकले विश्वका बिभिन्न ३७ वटा राष्ट्रको फ्री भिसा वा अन -अराइभल भिसामा भ्रमण गर्न सक्ने सो संस्थाले जनाएको छ।
नेपालीले बिना भिसा भ्रमण गर्न पाउने देश हरू यी हुन् -
कम्बोडिया, केप-भेर्डे, कोमोरोस, जिबुती, डोमिनिका, इजिप्ट, गाम्बिया, हाइटी, गुयाना, गुएनेया-बिसाउ, भारत, इन्डोनेशिया, इरान, केन्या, लाओस, मेदागास्कर, माल्दिप्स, माउरितिनिया, मोरिसस, मिक्रोनेशिया, मोजाम्बिक, निकारागुवा, पाकिस्तान, पलाउ, प्यालेस्तिना, फिलिपिन्स, समुआ, सेनेगल, सिचेलेस, सिंगापुर, तान्जानिया, श्रीलंका, सेन्ट भिसेन्ट, टिमोर, टोगो, टर्की, युगान्डा, तुवालु छन्। 


No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167