Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
धनुषा – समाचार लेखेको विषयमा धनुषामा प्रहरीले धनुषाका उज्यालो सहकर्मी शैलेन्द्र महतोलाई पक्राउ गर्ने प्रयास गरेको छ ।
धनुषाका प्रहरी नायव उपरीक्षक मनोज यादवले महतोलाई पक्राउ गर्न प्रहरी पठाए पनि नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले समाचारको विषयमा कानुनी उपचारको बाटो हुँदाहुँदै पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भएको भन्दै प्रतिकार गरेपछि महतोलाई पक्राउ गर्न पुगेका प्रहरी फर्किएका थिए ।
डिएसपी यादवले १० क्वीन्टल भारतीय कुखुरासहितको भ्यान ५ लाख रुपैयाँ घुस लिएर छाडेको आरोपबारे समाचार लेखेको विषयमा पत्रकार महतोलाई पक्राउ गर्न घरमै प्रहरी पठाइएको हो । नेपाल पत्रकार महासंघ धनुषा शाखाले घटनाको भत्र्सना गरेको छ ।
जनकपुरको रामानन्दचोकमा रहेको मिथिलाञ्चल एफएममा समेत समाचार संयोजकको रुपमा कार्यरत पत्रकार महतोलाई समातेर जिल्ला प्रहरी कार्यालयमा ल्याउन डीएसपी यादवले मंगलबार बिहान दुई जना शिविल ड्रेसका प्रहरी पठाएका थिए ।
पक्रन आएका दुई जना प्रहरीले तपाईंलाई अहिले डिसपी साहवले बोलाउनु भए छ हिँड्नुस भनेपछि पक्रकार महतो म अहिले जरुरी काममा जाँदै छु दुई घण्टा पछि आउँछु भन्दा डिसपी यादवसँग फोनमा कुराकानी गराएका थिए ।
डिएसपी यादवले पत्रकार महतोलाई ‘तपाई अहिले जसरी पनि खुरुक्क आउनुस्, जरुरी काम छ’ हप्काएर भनेको पत्रकार महतोले दुःखेसो पोखेका छन् । त्यस पश्चात पत्रकार महतोले २० मिनेटपछि आउँछु भन्दै दुई जना प्रहरीलाई ‘तपाईंहरु हिँड्दै गर्नुस् म आउँदै छु’ भन्दा उनीहरुले ‘डिएसपी साहबको आदेश छ जसरी पनि लिएर आउन भन्नु भएको छ’ बताएका थिए ।
पत्रकार महतोले त्यसो भए २० मिनेट पर्खिनुस् भन्दै कुनामा गएर नेपाल पत्रकार महासंघ धनुषा शाखालगायत पत्रकारहरुलाई आफूलाई समात्न आएको जानकारी गराएका थिए । लगत्तै पुगेका नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रको टोलीले समात्न आएका प्रहरीलाई समाचार लेखेको निहुमा पत्रकारलाई सञ्चारमाध्यममै समात्न आउने तपाईंहरु को हो ? भनेर प्रतिवाद गरेपछि उनीहरु त्यसै फर्केका हुन् ।
No comments:
Post a Comment