- ओलीको बोलि - बेइमानहरुलाई पुलिस प्रशासनले साथ दिँदैन, प्रतिपक्षमै बसेर चुनाव जित्छौं, - newsallabc.com

Breaking

Monday, February 27, 2017

- ओलीको बोलि - बेइमानहरुलाई पुलिस प्रशासनले साथ दिँदैन, प्रतिपक्षमै बसेर चुनाव जित्छौं,

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी भएर चुनावमा जाने आफ्नो पार्टीको चाहना नरहेको प्रष्ट पारेका छन् । प्रतिपक्षमै बसेर चुनाव जित्ने तयारीमा रहेको उनले बताए ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमवार मेची-महाकाली अभियानमा सहभागी हुने करीव १ हजार स्वयंसेवकका लागि आयोजित विशेष प्रशिक्षण भेलालाई सम्बोधन गर्दै ओलीले सरकारमा जाने रुचि एमालेलाई नरहेको दावी गरे ।
ओलीले भने, ‘हामी सरकारमा होइन, प्रतिपक्षमै बसेर चुनाव लड्न चाहान्छौं र जित्छौं । सरकारमा भएकाहरुले पुलिस प्रशासन लगाएर चुनाव जितौंला भन्ने सोचेका होलान् तर, यिनीहरु बेइमान हुन् भन्ने पुलिस प्रशासनका सबैलाई थाहा छ । आदेश आउँदा हस् साब भन्छन् तर, बेइमानले भनेको मान्दैनन् ।’
मधेसमा लाखौं जनता उतार्ने दाबी
फागुन २१ देखि शुरु गर्न लागेको मेची महाकाली तराई मधेस अभियानले हिमाल, पहाड र तराईबीच भवनात्मक एकता गराउने दाबी एमाले नेताहरुले गरेका छन् । साथै अभियानमा लाखौं मधेसी जनता परिचालन हुने दाबी गरे ।
एमालेलाई मधेस विरोधी भनेर प्रचार गर्नेहरुलाई मधेसकै बस्तीमा पुगेर जवाफ दिइने एमाले नेताहरुले बताए ।
अध्यक्ष ओलीले मधेस अभियानमा लाखौं जनता सहभागी हुने भन्दै यो अभियानको फोटो खिच्न ड्रोन र सेटलाइटले मात्र सम्भव हुने दोहोर्‍याएका छन् । ओलीले भने, ‘एमालेको यो अभियान मधेस, पहाड र हिमालको जनसागर हुनेछ । यसको फोटो खिच्न कुनै अग्लो घरको छतबाट क्यामेरा सोझ्याउँदैमा सकिँदैन । सेटलाइन र ड्रोनले मात्र सम्भव हुनेछ । हामी देखाउनेछौं मधेसी जनता र मधेसमा एमाले कति लोकप्रिय छ भन्ने ।’
कार्यक्रममा एमाले सचिव भट्टराईले पृथ्वीनारायण शाहले गर्न बाँकी रहेको मुलुकको भावनात्मक एकीकरण एमालेले गर्ने दाबी गरे । उनले भने, ‘पृथ्वीनारायण शाहले भौगोलिक एकीकरणमात्र गरे भन्नेहरुलाई एमालेले यो अभियानबाट देखाउनेछ, मुलुकको भावनात्मक एकीकरण एमालेले गर्नेछ ।’
एमालेको यो अभियानमा एक हजार पूर्णकालीन स्वयंसेवक खटिनेछन् । उनीहरुलाई केन्द्रीय कार्यालयमा अभियानका क्रममा पालना गर्नुपर्ने नियमहरुको बारेमा विशेष प्रशिक्षण दिइएको एमाले नेता बसन्त मानन्धरले बताए । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167