‘लुट २’ ले ५ करोड ८९ लाख चार दिनमा कमाउन सफल चलचित्र - newsallabc.com

Breaking

Monday, February 27, 2017

‘लुट २’ ले ५ करोड ८९ लाख चार दिनमा कमाउन सफल चलचित्र

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



काठमाडौं – गत शुक्रबार नेपालभर रिलिज भएको फिल्म ‘लुट २’ ले बक्स अफिसमा कब्जा जमाइरहेको छ। निश्चल बस्नेत निर्देशित फिल्मले छक्कापञ्जाको कीर्तिमानलाई पछ्‌याउने संकेत देखिएको छ।


सोमबार साँझसम्म काठमाडौंबाहिर मात्र २५ लाख हाराहारीको कलेक्सन भएको छ। फिल्मले राजधानीमा एक करोडमाथिको व्यापार गरेको जानकारी उनले दिएका थिए।
पाँच वर्षअघि रिलिज भएको ‘लुट’को सिक्वेल कथामा ‘लुट २’ निर्माण गरिएको हो। शिवरात्रीको सार्वजनिक विदा पारेर रिलिज भएको फिल्मले पहिलो दिन नै १ करोड ५२ लाखको व्यापार गरेको दाबी फिल्म निर्माता नरेन्द्र महर्जनले गरेको छन्।
शनिबार फिल्मले १ करोड ६६ लाखको कलेक्सन गरेको उनले जानकारी दिए। तुलनात्मक रुपमा आइतबार भने ७३ लाख कलेक्सन गरेर फिल्मले केही फितलो व्यापार गरेको थियो।
सोमबार साँझसम्म फिल्मले राजधानीमा एक करोडमाथिको व्यापार गरेको जानकारी उनले दिएका छन्। सोमबार काठमाडौंबाहिर मात्र २५ लाख हाराहारीको कलेक्सन भएको छ। ‘लुट २’लाई माधव वाग्ले र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन्।
अभिनेता दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, कामेश्वर चौरासिया, सृजना सुब्बा, ऋचा शर्मा, एलिशा राई, प्रवीण खतिवडा, कर्मा शाक्य लगायतले फिल्ममा अभिनय गरेका छन्।
हलिउड-बलिउड फिल्मभन्दा राम्रो कमाइ
शुक्रबार नै रिलिज भएका हलिउड फिल्म ‘जोन विक च्याप्टर २’ र बलिउड फिल्म ‘रंगून’को कमाइ लुट २ को तुलनामा निकै फितलो देखिएको छ।
‘लुट २’ राजधानीका २२ र राजधानीबाहिर ८० हलमा चलिरहेको छ। त्यस्तै ‘जोन विक च्याप्टर २’ क्युएफएक्स अन्तर्गतका हलहरुमा छ भने छ भने फिल्म ‘रंगून’ राजधानीबाहिर २७ वटा हलसहित ४० वटामा चलिरहेको छ।
पहिलो साताको कमाई आधा–आधा

नेपालभर सञ्चालनमा रहेको मल्टिप्लेक्स हलहरुमा फिल्म रिलिज भएको पहिलो हप्ता उठाएको रकम फिल्म युनिट र हलबीच ५०–५० प्रतिशत वितरण गर्ने नियम छ।

त्यस्तै दोस्रो हप्तामा भने फिल्म युनिट कलेक्सनको ४० प्रतिशत र तेस्रो हप्ताबाट कलेक्सनको ३७ प्रतिशत फिल्म युनिटले पाउँछन्। यता सिंगल थियटरमा भने फिल्म रिलिजको दिनदेखि हलबाट उत्रँदासम्मको कलेक्सन फिल्म युनिट र हलबीच ५०–५० प्रतिशत बाँड्ने परम्परा छ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167