एयरपोर्टबाट फेरि सुन तस्करी, भारतीय मूलका नागरिक पक्राउ - newsallabc.com

Breaking

Sunday, February 19, 2017

एयरपोर्टबाट फेरि सुन तस्करी, भारतीय मूलका नागरिक पक्राउ

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


फाल्गुन ८, २०७३- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट)बाट फेरि अवैध सुन बरामद भएको छ । डेढ किलो सुनसहित दुबईमा जन्मिएका भारतीय मूलका नागरिक कश्यप कान्तिलाल पक्राउ परेका हुन् । बरामद सुनको बजार मूल्य ७१ लाख ६३ हजार रुपैयाँ रहेको छ ।
 
एअर अरेबियाको विमानबाट आइतबार दिउँसो १२ बजे काठमाडौं उत्रेका कश्यपको साथबाट भन्सार अधिकारीहरुले त्यतिका धेरै सुन बरामद गरेका हुन् । उनले आधा/आधा किलो तौलको दुईवटा सिक्री र आधा किलो तौलको सुनको बाला नै लगाएर आएका थिए । भन्सार स्रोतका अनुसार डेढ किलो सुन लगाएर आएका उनले अस्वभाविक गतिविधि देखाएका थिए । एक भन्सार अधिकारीले भने, ‘लगेजमा ल्याउँदा चेकजाँच हुने डरले यस्तो तरिका अपनाएको देखिन्छ ।’


कान्तिलालको पासपोर्टमा देखिएको यात्रा विवरण हेर्दा उनी पटक पटक दुबई काठमाडौं ओहोरदोहोर गरेको देखिन्छ । सन् २०१६ को जुलाईमा उनी काठमाडौं आएका देखिन्छ भने गत ६ फेब्रुअरीमा काठमाडौंबाट दुबई नै गएको देखिन्छ । स्रोतका अनुसार काठमाडौं र दुबईको बारम्बारको उनको यात्रा र त्यतिका धेरै सुन बरामद हुनुले उनको सम्बन्ध अवैध सुन तस्करहरुसँग हुन सक्ने देखिन्छ । भारतको अहमदावाद ठेगाना बताउने कान्तिलालसँग संयुक्त अरब ईमिरेट्सको नै पासपोर्ट छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167