Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
८ फागुन, काठमाडौं । सरकारले भोलि स्थानीय तहको चुनाव घोषणा गर्ने भएको छ । चुनावको मिति भने निर्वाचन आयोगसँग परामर्श गरेर तय गरिनेछ ।
आइतबार विहान बसेको सत्तारुढ कांग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठकले संविधान संशोधनपछि मात्र चुनाव घोषणा गर्न मधेसी मोर्चाले गरेको आग्रह अस्वीकार गरेको छ । र, भोलि नै चुनावको मिति घोषणा गर्ने सहमति भएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
चुनावको मिति टुंगो लगाउन प्रधानमन्त्रीले निर्वाचन आयोगसँग परामर्श गर्दै छन् । आयोगले दुई चरणमा मतदान गर्ने गरी जेठ १ र २१ को मिति प्रस्ताव गरेको छ । तर, यसलाई अगाडि सार्ने तयारी छ ।
सत्तारुढ कांग्रेसले वैशाखभित्र स्थानीय चुनाव गरिसक्नु पर्ने अडान लिएको छ । स्रोतले भन्यो, ‘पहिलो चरणको वैशाख र दोस्रो जेठको पहिलो साताभित्र गर्न सकिन्छ कि भनेर हामी आयोगसँग छलफल गर्छौं ।’
मधेसी मोर्चासँग छुट्टै छलफल
बालुवाटार बैठकमा चुनावको मिति घोषणा अघि मधेसी मोर्चासँग छलफल गर्ने पनिसहमति भएको छ ।
स्थानीय तहबारे मधेसी मोर्चाले जनाएको असन्तुष्टि सम्बोधन गर्ने तयारी स्वरुप छलफल राखिएको हो । स्रोतका अनुसार स्थानीय तह पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकार गर्ने र यसमा केही संख्या थप गरेर अघि बढ्ने तयारी छ ।
बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, मधेसका साथीहरुसँग पनि हामी छलफलमै छौं र, आन्दोलनको कार्यक्रम घोषणा गर्ने हामीले अपेक्षा गरेका छैनौं । किनभने उहाँहरुसँग हाम्रो कमिटमेन्ट संविधान संशोधन प्रक्रिया टुंगो लगाएर चुनाव गर्ने भन्ने हो । त्यसमा हामी कायमै छौं ।’
No comments:
Post a Comment