Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
फाल्गुन ८, २०७३- सीके राउतका समर्थकले रुपन्देही मर्चवारस्थित ओडओडिया प्रहरी चौकीबाट एकथान हतियार लुटेका छन् ।
राष्ट्र विखण्डनको माग गर्दै आएका राउत समर्थक र प्रहरीबीच भएको ढुंगा हानाहानका क्रममा आइतबार दिउँसो 'लङ ब्यारेल गन' लुटिएको हो । झडपका क्रममा तीनजना प्रहरी र एक व्यक्ति घाइते भएका छन् । घाइते मगरु नामका व्यक्ति सर्वसाधरण हुन् वा राउत समर्थक हुन् खुलेको छैन । प्रहरीले पाँच राउण्ड हवाई फायर, पाँच राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।
लुटिएको हतियार खोज्न प्रहरीले त्यस क्षेत्रमा व्याक सर्च अभियान जारी राखेको प्रहरीले जनाएको छ ।
सीके राउतलाई पक्राउ गरेको विरोधमा हिजो शनिबारदेखि नै सो क्षेत्र तनावग्रस्त बन्दै आएको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच पटकपटक झडप हुँदा रुपन्देहीको दक्षिणी मर्चवार क्षेत्र शनिबार दिनभर तनावग्रस्त बनेको थियो । राउत समर्थक १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । एकमा ट्रकमा आगजनी गरिएको थियो ।
No comments:
Post a Comment