वास्तविक "राष्ट्रका नायक" - newsallabc.com

Breaking

Saturday, February 18, 2017

वास्तविक "राष्ट्रका नायक"

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


सन् २०१४ को आईसीसी वल्र्ड ट्वान्टी–ट्वान्टी क्रिकेट । बंगलादेशमा भएको ट्वान्टी–ट्वान्टी क्रिकेटको विश्वकपमा नेपालले पनि खेल्ने अवसर पाएको थियो र यसका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले कठिन छनोट यात्रा पनि तय गरेको थियो । तीन वर्षअगाडि फर्केर ती दिन सम्झिनुपर्छ, अझै पनि रोमाञ्चले मन प्रफुल्लित हुने गर्छ, अनि गर्वले छाती चौडा । नेपाली खेलकुदले आफ्नो चुनौती प्रस्तुत गरेको त्यो नै सर्वोच्च स्थिति थियो ।


त्यो खेलमा नेपालले गतिलो प्रदर्शन पनि गरेको थियो । त्यति बेला हाम्रो टिमले राम्रो प्रदर्शन गरोस् भनेर को मात्र नेपालीले चिताएन होला ? देशको चारैतर्फ स्वत:स्फूर्त रूपमा राष्ट्रिय झन्डा लहराए, आममान्छे खेलाडीले लगाउने जर्सीमा सजिए । यस्तै बेला हो, आफ्नो देशको माया अनुभव हुने । राष्ट्रिय भावना जाग्ने । सबै क्षेत्र–समुदायलाई जोड्ने । अरू देशभन्दा हामी पनि कम छैनौं, हामी पनि गरेर देखाउन सक्छौं भनेर जोस र जाँगर यस्तै बेला त उठ्ने हो । 
खेलकुदको सबैभन्दा ठूलो विशेषता नै यही हो । खेलकुदले विभाजन होइन, एकता ल्याउने गर्छ । खेलकुदले सकारात्मक धारणा विकास गर्न मद्दत गर्छ । त्यति मात्र होइन, खेलमा जित मात्र होइन, हार पनि हुन्छ । बराबरका आधारमा । जीवनको यो सत्य हो । खेलकुदले हारमै टिकेर अगाडि बढ्न मद्दत गर्छ । भनिन्छ, खेलकुदले समाजको प्रतिनिधित्व गर्छ र त्यो कस्तो छ, त्यो प्रतिविम्बित गर्छ । हामी जहाँ छौं, नेपाली खेलकुद पनि त्यहीं छ । त्यस्तै छ । 
यस्तो स्थितिमा पनि नेपाली खेलकुदले जति हात पारेको छ, त्यो आफैंमा ठूलो उपलब्धि हो । नेपाली खेलकुदको आफ्नै छुट्टै इतिहास छ । यसमा धेरै बिर्सिनलायक क्षण र घटनाहरू पनि छन् । यसका लागि दोषी पात्र पनि धेरै छन् । यसबीच पनि नेपाली खेलकुदसँग गतिला पक्ष पनि उत्तिकै छन् । यसमध्ये एक त त्यही वल्र्ड ट्वान्टी–ट्वान्टीमा नेपाली टिमको प्रदर्शन पनि हो । यस्ता स्मरणहरू अरू पनि छन् । नेपाली फुटबल टिमले पछिल्लो समय प्राप्त गरेको सफलतालाई कसरी बिर्सन सकिन्छ ?
नेपालले बंगबन्धु गोल्डकप जित्दा होस् अथवा दक्षिण एसियाली खेलकुदको फुटबल र एएफसी सोलिडारिटी कपमा यस्तै सफलता प्राप्त गर्दा खुसीले कसको मात्र मन धक्क फुलेन होला ? ती सबै इतिहासका पानालाई पल्टाउनुपर्छ, त्यसमा संलग्न पात्रले समाजलाई दिने शिक्षा अमूल्य छ । नेपाली खेलकुदमा पनि नायकहरूको कमी छैन । उनीहरूले तय गरेको बाटोलाई नियाल्नुपर्छ, यसमा पनि धेरै बाधा अड्चन हुन्छ । बाटो पक्कै सजिलो हुने गर्दैन । 
तर आफ्नो देशका लागि केही गरेर देखाउनु अवसर जति बेला प्राप्त हुन्छ, ती सबै गौण हुने गर्छन् । ‘म नेपालको प्रतिनिधित्व गरेर खेलिरहेको छु र आफ्नो देशको ख्याति चम्काउन सक्छु’ भन्ने स्थितिमा जति बेला पुगिन्छ, त्यति बेला प्राप्त हुने अनुभवलाई अरू केहीसँग तुलना गर्न सकिन्न । साट्न पनि सकिन्न । जति बेला नेपालले जित्दा हाम्रो आफ्नो राष्ट्रिय गीत विदेशी भूमिमा बज्छ र हाम्रो राष्ट्रिय झन्डा माथि उठ्छ, देशलाई माया गर्ने कसैले त्यो क्षणमा आँसु रोक्न सक्दैन । 

कान्तिपुरको २४ औं वार्षिकोत्सवको अवसरमा प्रकाशित विशेषांकमा हामीले नेपाली खेलकुदका यस्तै प्रमुख नायकहरूलाई पस्कने प्रयास गरेका छौं । उनीहरूले आत्मसात् गरेका सबै खाले क्षणलाई अगाडि ल्याउने प्रयास गरेका छौं । उनीहरूले तय गरेका बाटोका कथा सुन्दा पक्कै हामी सबैलाई केही गर्ने आत्मविश्वास पलाउनेछ । 
सबैभन्दा ठूलो, खेलकुदको माध्यमबाट आफ्नो देशलाई गर्ने माया बढ्नेछ । हामी सबै एक हौं भन्ने भावना बढ्नेछ । खेलकुदको सुन्दरता यही हो । हाम्रो यो अंक राष्ट्रका यिनै गौरवहरूमा समर्पित छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167