एकिकृत बस्ती निर्माणमा सहयोग गर्ने - नायिका श्वेता - - newsallabc.com

Breaking

Saturday, February 18, 2017

एकिकृत बस्ती निर्माणमा सहयोग गर्ने - नायिका श्वेता -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाविस– ९ झोलुङ्गे माझी बस्तीमा नायिका श्वेता खड्काले एकिकृत नमुना बस्ती बनाउन आवश्यक सहयोग गर्ने हुनुभएको छ । 
भूकम्पपछि लामो समयदेखि टहरामा बस्दैआएका सीमान्तकृत माझी समुदायका ६३ परिवारका लागि एकिकृत नमुना बस्ती बनाउन लागिएको हो । 



स्वर्गीय पति ‘अभिनेता श्रीकृष्ण श्रेष्ठ’को जिल्ला भएको नाताले अभिप्रेरित भई आफूले पनि केही सहयोग गर्ने अठोट गरेको अभिनेत्री खड्काले बताउनुभयो । 

“हामीले सरकारी अनुदानबाटै एकिकृत नमुना बस्ती बनाउने सोच राखेका छौँ, स्थानीय झ्याँडी टोलसुधार समितिका अध्यक्ष दिनेश माझीले भन्नुभयो”– “त्यसैले भूकम्पपीडित ६३ परिवारका लागि निकासा भएको पहिलो किस्ता समितिकै नाममा खाता खोली एकमुस्ट बैंकमा जम्मा गरेका छौँ ।” 

सोही अनुदानबाट आवास निर्माण गरिने र त्यहाँ पुग्न सडक, खानेपानी, पार्कलगायतको भौतिक संरचनाका लागि अभिनेत्री खड्कासँग आर्थिक सहयोग मागिएको स्थानीय नेत्रज्योति कृषि सहकारी संस्थाका सचिव नेत्रबहादुर बस्नेतले बताउनुभयो । 

त्यहाँस्थित भिरालो ठाउँमा डोजरद्वारा चाँडैनै सम्याउने काम सुरु गरिने छ । एकिकृत बस्तीका लागि सट्टापट्टा गरेर भए पनि एकै ठाउँमा जग्गाको व्यवस्था मिलाइने बस्नेतले जानकारी दिनुभयो । एकिकृत बस्ती बसाउन २८ रोपनी जमिन आवश्यक पर्दछ । 
एकिकृत बस्तीको लागि सहजकर्ताद्वय स्थानीय यज्ञराज कार्की र गाउँ बाल संरक्षण समितिका सचिव लालबहादुर श्रेष्ठले विपन्न तथा सीमान्तकृत माझी परिवारलाई आवासको सुविधा दिने उद्देश्य राखिएको बताउनुभयो । रासस 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167