- स्वरेज - च्याम्पियन्स लिगको आश मारिसकेका छैनौं - newsallabc.com

Breaking

Saturday, February 18, 2017

- स्वरेज - च्याम्पियन्स लिगको आश मारिसकेका छैनौं

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


बार्सिलोनाका स्ट्राइकर लुइस स्वरेजले च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्ने आश अझै नमारेको बताएका छन् । स्पेनिस च्याम्पियन बार्सिलोनाले अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेनसँग ४-० को लज्जास्पद हार व्यहोरेको छ ।


दोस्रो लेगमा मार्च ४ मा घरेलु मैदान नाउ क्याम्पमा खेल्दैछ । र, च्याम्पियन्स लिगको नक आउट चरणमा अहिलेसम्म पहिलो लेगमा ४-० को हार व्यहोरेको टिमले पुनरागमन गर्दै अघिल्लो चरणमा स्थान बनाउन सकेको छैन । स्वरेज भन्छन्, यदि हामीले यो क्लबमा इतिहास बनाउनुछ भने खेललाई फर्काउनुपर्छ ।’

उनले अघि भने, हामी विश्वको उत्कृष्ट टिम हौं । र परिस्थितिलाई उल्टाउन सक्ने कुनै टिम छ भने त्यो बार्सिलोना हो ।’

बार्सिलोनाले ५ पटक च्याम्पियन्स लिग जितेको छ र, लगातार ९ सिजन क्वार्टरफाइनल पुगेको छ ।

अन्तिम १६ मा व्यहोरेको हार निकै पीडादायक रहेको भन्दै उनले भने खेलमा फर्किन कठिनसँगै सुन्दर चुनौती रहेको बताए ।

प्रशिक्षक लुइस इनरिके, जसको सम्झौता यो सिजनको अन्त्यमा सकिँदैछ, उनको भवियबारे सोधिएको प्रश्नमा उरुग्वेका स्वरेजले भने, हामी सबै दोषी छौं । हामीले राम्रो खेलेनौं र जे भयो त्यसका लागि हामी सबै जिम्मेवार छौं ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167