८ फागुन, पत्रपत्रिकाको फ्रन्टपेजः प्रधानमन्त्री र मधेसी मोर्चाका नेताबीच चकाचर्की, निर्वाचन मिति घोषणा अनिश्चित - newsallabc.com

Breaking

Sunday, February 19, 2017

८ फागुन, पत्रपत्रिकाको फ्रन्टपेजः प्रधानमन्त्री र मधेसी मोर्चाका नेताबीच चकाचर्की, निर्वाचन मिति घोषणा अनिश्चित

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


काठमाडौं । आइतबार काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेसी मोर्चाका नेताबीच वैठकमै चर्काचर्की भएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् । सरकार र मोर्चाबीच कुरा नमिल्दा निर्वाचन मिति घोषणा पनि अनिश्चित बनेको छ । प्रधानमन्त्री दाहालले आज स्थानीय निर्वाचनको मिति घोषणा हुने बताएका थिए ।
यससँगै राप्रपामा नेतृत्वको लागि रस्साकस्सी भएको समाचारलाई नयाँ पत्रिका दैनिकले महत्व दिएको छ । त्यस्तै त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थलमा चरा धपाउन पाँच जना सिकारी राखिएको समाचारले फ्रन्टपेजमा स्थान पाएको छ ।
गोरखाका विद्यालयमा विद्यार्थी नभएको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले महत्वका साथ छापेको छ ।
‘स्वास्थ्यमन्त्रीको बाटो सचिवले छेकेको’लाई मुख्य समाचार बनाएको नागरिक दैनिकमा नेपाल वायु सेवा निगमलाई कर्मचारी सञ्चय कोषले २५ अर्ब रुपैयाँ ऋण दिएको समाचारले प्राथमिकता पाएको छ ।
राजधानी दैनिकले आफ्नै पसलमा काम गर्ने युवतीले साहुलाई अपहरण गरी फिरौती लिएर फरार भएको समाचारलाई महत्व दिएको छ ।
जेनरिक नाममा औषधि सिफारिस गरे सस्तो पर्ने समाचारलाई कान्तिरपु दैनिकले प्राथमिकता दिएको छ ।
गोरखापत्र दैनिकले संविधान कार्यान्वयन गर्न निर्वाचन अनिवार्य भएको बताएको समाचारलाई फ्रन्टपेजमा महत्वका साथ प्रकाशित गरेको छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167