Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
दक्षिण ललितपुर क्षेत्रमा सानै उमेरमा स्कुलबाटै भागेर बिहे गर्ने प्रवृत्ति बढदै गएको पाइएको छ । अल्लारे र लहलहैमा लागेर १२ देखि १९ वर्षसम्मका अधिकांश किशोरकिशोरीले अभिभावकको सल्लाहबिनै भागेर बिहे गर्ने प्रचलन बढिरहेको गिम्दीको नारायणी उच्च माविका प्रधानाध्यापक अर्जुन पौडेलले बताए ।
गिम्दीकी सुनिता तामाङले १५ वर्षको उमेरमा स्कुलबाटै भागेर विवाह गरिन् । प्रेमी र आफु एउटै कक्षामा पढ्ने गरेको उनले बताइन् । अहिले उनको काखमा २ वर्षको छोरा छ । विवाहपछि पढाइ छुटेको उनले बताइन् । ‘उस बेलामा खै के भएर बिहे गरियो, अहिले पछुतो लागेको छ’ उनले भनिन्,‘ माइतीले पनि स्विकारेका छैनन्, घरमा हेलाँ गर्छन् ।’
सुनिता जस्तै स्कुलबाटै भागेर विवाह गर्ने अर्की पात्र हुन् – सुन्तली बल । उनले पनि १४ वर्षको उमेरमा सँगै पढ्ने प्रेमीसँग विवाह गरिन् । विवाहपछि पढाइ छुटेको, घाँसदाउरामै दिन बित्न थालेको उनको अनुभव छ । विवाह गरेको वर्ष दिनमै उनी आमा बनिन् । आफ्नै उमेरका श्रीमानले गिट्टी कुटेर तीन जनाको पेट पाल्ने गरेको उनले सुनाइन् । ‘बेकारमा सानैमा बिहे गरियो’ उनले पश्चताप पोखिन् ।
नारायणी उच्च माविकी शिक्षिका शारदा तिमल्सिनाका अनुसार पछिल्लो समयमा फोन र फेसबुकका कारण स्कुले किशोरकिशोरीमा भागेर बिहे गर्ने प्रवृत्ति बढेको हो । ‘उत्रै उमेरका हुन्छन्, पाँच कक्षामै पढ्नेहरुले पनि बिहे गर्न थालेका छन्’ उनले भनिन् । सानै उमेरमा आफूखुसी विवाह गर्नेहरुको बीचैमा पढाइ छुट्ने गरेको उनले बताइन् ।
घरमा बाबुआमा हुने अपहेलनाको व्यवहार, देखासिकी, कामको भार र अबुझका कारण पनि किशोरकिशोरीले बिहे गर्न खोज्ने गरेको उनी बताउँछिन् । सानै उमेरमा विहे गर्नेहरूको वैवाहिक सम्बन्ध लामो समय नटिकेको गिम्दी गाविसकी सामाजिक परिचालक रिता दुलालले बताइन् । ‘कतिको त ६ महिना–एक वर्ष नपुग्दै सम्बन्धविच्छेद गर्नुपर्ने स्थिति पनि छ’ उनले भनिन् । विवाह लगत्तै कलिलै उमेरमा आमा बनेका किशोरीहरूले अनेक स्वास्थ्य समस्या खेपिरहेको गिम्दी स्वास्थ्य चौकी प्रमुख विरेन्द्र भण्डारीले बताए । ‘बिहे लगत्तै आमा बन्ने, गह्रौं भारी बोक्ने र पोषणयुक्त खानेकुरामा ध्यान नदिने कारणले गर्दा अधिकाँश किशोरीलाई पाठेघर सम्बन्धी रोग लागेको देखिएको उनले बताइन् ।
उनका अनुसार विवाह गर्ने किशोरकिशोरीका परिवारबीच झैझगडासमेत हुने गरेको छ । यसले किशोरकिशोरीमा निराशा र कुलत बढाइ कतिले आत्महत्याको प्रयाससमेत गरिरहेको उनले बताइन् । बालविवाहकै कारण बहुविवाह पनि बढिरहेको उनले बताइन् ।
दक्षिण ललितपुरमा सरकारी निकायको आँखा नपुगेकामा दुलालले गुनासो गरिन् । बालविवाहबारे जनचेतना फैलाउन र यस्तो विकृति रोक्न सरकारले पहल गर्नुपर्ने उनको भनाई छ ।
२० वर्ष नपुगेकाको बिहे गरे वा गराएमा ६ महिनादेखि तीन वर्षसम्म कैद सजाय र १ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ । बालविवाहविरुद्ध उजुरी नै नपर्ने गिम्दी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक लक्ष्मण थापाले बताए । बालविवाहलाई कानुनी अपराध नमानी पारिवारिक समस्या मान्ने गरिएको उनले बताइन् ।
No comments:
Post a Comment