अष्ट्रिया, कार्यसमिति गठन भएको ३ महिना पछि कमिटि भित्र ताण्डव नृत्य प्रस्तुत गरि रहेका असक्षम अध्यक्षको कारण अन्ततोगत्व सिङ्गो कार्यसमितिले मुल्य चुकाउनु पर्ने अवस्था NRNA अष्ट्रिया भित्र आई परेको छ। अध्यक्ष जे जस्तो नै भए पनि बाँकी पदाधिकारीहरु सवल र सक्षम भएकाले भाग्यमानि अध्यक्ष भनेर सबैले शुरुवाती दिनहरुमा अध्यक्षलाई वधाई नदिएका पनि होइनन्। भनिन्छ नि ” आफु ताक्छु मुँडो, वन्चरो ताक्छ घूँडो ” तर NRNA अष्ट्रिया वर्तमान अध्यक्ष भने ” वन्चरो ताक्छ मुँडो अनि आफै ताक्छु घूँडो ” गर्दै वारम्वार आफ्नै घूँडोमा वन्चरो प्रहार गरिरहेका छन्।
निर्वाचन ताका पनि वर्तमान अध्यक्षले भोट पाएर जित्न सफल भए, पछि सित्तैमा कोठा सार्न मद्दत गरिदिने वचन पर्याप्त मात्रामा दिएको भेटिएको छ। तर कसले सम्झाउने समाजलाई ट्रक चलाएर घर कोठा सार्न र सिङ्गो नेपाली समाजलाई प्रतिनिधित्व गर्ने संस्था हाँक्न जमिन आकासको फरक हो भनेर ? फलस्वरूप आज निर्वाचन ताका भोट हाल्ने हरेक मतदाताहरु पछुताई रहेका छन् कि कस्तो व्यक्तिलाई चुनिएछ जसले गर्दा आज यो समाजका हरेक नेपालीहरु मानसिक रुपमा प्रताडित बनिरहनु परेको छ।
हुन त अध्यक्षको रुपमा निर्वाचित हुनलाई राजनैतिक भातृसंगठनको टिको वर्तमान अध्यक्षले थापेको कुरो कसै संग छिपेको छैन। अध्यक्ष चुनिए पछि पनि तिनै कथित भातृसंगठनका व्यक्तिहरुको मतियारको रुपमा संचालित हुनुको कारण नै यि ताण्डव नृत्यहरु हुन् भन्ने पनि आम अष्ट्रियाबासी नेपालीहरुले बुझेका छन्। एउटा साझा संगठनलाइ हुकुमी शैलीमा निहित स्वार्थ पूर्तिको निम्ति आफ्ना गुरुहरुले आफुलाई प्रयोग गरि रहेका छन् भन्ने बुझ्न नसकेका कारण पनि दिनदिनै समस्या माथि समस्यामा जकडिन पुगेका हुन् वर्तमान अध्यक्ष भन्ने एक खाले मानिसहरुको भनाई अनुसार कथित भातृसंगठनको नाइकेले NRNA अष्ट्रियामा आफुले चाहे अनुसारको अध्यक्ष निर्वाचित हुनु वित्तिकै अव यो संस्था हाम्रो भातृसंगठनको इशारामा चलाई निस्कृय पार्ने र सबै गतिविधि भातृसंगठनको नामबाट गरिने छ भनेर घोषणा नै गरेका थिए। पर्दा पछाडिका यि खेलहरु बारे अन्जान वर्तमान अध्यक्ष गरिमामय पदमा आसिन हुँदा हुँदै पनि कार्यसमितिका पदाधिकारीहरुलाई नै परिचालित गरि संस्थाको गतिविधिहरु संचलन गर्नुको वदला तिनै पदाधिकारीहरुलाई मानसिक तनाव सिर्जना गरि भगाउने खेलमा शुरुवाती दिनहरु देखि नै लाग्नु , स्पष्टिकरण , कारवाही भन्दा अरु केहि गर्न नजानेका कारण कार्यसमितिको बहुमतले यस अघि नै अध्यक्षलाइ वर्खास्त गरेको विज्ञप्ति सार्वजनिक भइसकेको भए पनि यूरोप संयोजक द्वारा उक्त वर्खास्तगीलाई थमाउने कार्य भएको थियो।
संस्था हाँक्ने आफ्नो क्षमता नभएको आभास पाए पछि वर्तमान अध्यक्ष रवि चन्द्र भट्टराई भन्ने व्यक्तिको शरणमा पुगेका र भट्टराईले आफ्नो औँलाको इशारामा नचाउँदै आईरहेकाले नै यि सव घटनाहरुको जन्म भएको कुरो अध्यक्षलाई बुई चढाई आफ्नो निजी व्लगमा अध्यक्षको वचावट गर्दै नानाथरी कपोलकल्पित समाचार प्रकाशित गर्नुले पुष्टि गरिरहेका छन् ।
यसै संदर्वमा निज भट्टराई वारे संकलन गरेका जानकारीहरु यस प्रकार रहेका छन् ।
महिला जाति युवा हुन् भन्ने सम्म पनि थाहा नभएको भट्टराईको वॉद्दिकताको स्तर
आफुलाई वॉद्दिक वर्गको ठान्ने निज रवि चन्द्र भट्टराईले गत NRNA अष्ट्रीयाको निर्वाचनमा युवा संयोजक पदमा एउटी समाजकी सक्रिय महिला उम्मेदवार भएको वखत एउटी महिला भएर युवा संयोजक पदमा कसरी उम्मेदवार हुन दिइयो भनेर NRNA ICC मा उजुरी दिनु नै विश्व NRNA जगतमा भट्टराईको वॉद्दिकता नाङ्गिन पुगेको थियो ।
रवि चन्द्र भट्टराई ICC सदस्यमा अवैधानिक रुपमा मनोनित यस अर्थमा (विधानको अंश )
असक्षम अध्यक्षलाई आफ्नो औँलामा नचाउने अर्की हुन् प्रवक्ता
कसरी पुग्यो कमिटि विघटन हुन सक्ने अवस्था सम्म ?
(१) असक्षम नेतृत्व जो कमिटि भन्दा बाहिरका व्यक्तिहरुको सरसल्लाहमा चल्नु ।
(२) संस्थाको मर्म , विधि र विधान को बारेमा अध्यक्षलाई ज्ञान नहुनु जसले गर्दा कमिटिका पदाधिकारीहरु जो संस्थाको विधि विधान बारे ज्ञाता छन् , उनीहरुलाई वैरीको रुपमा चित्रित गर्नु र आफ्नै जस्तो हैसियत भएकाहरुको वरिपरी मात्र रमाउनु र सुरक्षित महसुस गर्नु ।
No comments:
Post a Comment