दैलेखमा एकै दिन ११३ जनामा कोरोना पुष्टि, संक्रमितमध्ये १ सय ८ जना नारायण नगरपालिकाका - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Breaking

Thursday, June 4, 2020

दैलेखमा एकै दिन ११३ जनामा कोरोना पुष्टि, संक्रमितमध्ये १ सय ८ जना नारायण नगरपालिकाका

सुर्खेत । दैलेखमा एकै दिन ११३ जनामा कोरोना पुष्टि भएको छ ।

karnali-health-science-academy-new

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार दैलेखका १ सय १३ र मुगुका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १ सय ८ जना नारायण नगरपालिकाका र ५ जना नौमुले गाउँपालिकाका रहेका कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसअघि नारायण नगरपालिका ८७ जना संक्रमित भेटिएका थिए । यो सँगै नारायण नगरपालिकामा संक्रमितको संख्या १९५ पुगेको छ ।

बिहीबार नै भेटिएका मुगुका संक्रमित खत्याड गाउँपालिकाका हुन् ।


No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167