यात्रु अलपत्र, काठमाडौं आएकालाई प्रवेश दिइएन ! - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Monday, April 27, 2020

यात्रु अलपत्र, काठमाडौं आएकालाई प्रवेश दिइएन !

काठमाडौं । बाहिरबाट काठमाडौं उपत्यका छिर्ने मुख्य नाका हो नागढुंगा । सोमबार दिनभर नागढुंगामा सरकारले गाईजात्रा देखायो । गाईजात्रा यो मानेमा कि सरकारको समन्वययमा विराटनगरबाट काठमाडौं आएकालाई दिनभर नाकामा रोकियो । केहीलाई विराटनगर नै फर्काइयो ।

nagdhunga_12_emyJFLpdW5

 विराटनगरमा अलपत्र परेकाहरुलाई आइतबार राति विराटनगर महानगरपालिकाले काठमाडौं पठाएको थियो । उनीहरु सोमबार बिहान नागढ्ंगा आइपुगेका थिए।
गृहमन्त्रालयले आवतजावतमा रोक लगाउन निर्देशन दिएसँगै उनीहरूलाई आएकै ठाउँमा फर्काउन लागेको प्रहरीको दावी छ । 
सोही अनुसार केहीलाई उताबाट आएकै गाडीमा राखेर फर्काएको प्रहरीको भनाइ छ । यदि त्यस्तै हो र काठमाडौ छिर्नै नदिने हो भने विराटनगरबाट ति मानिसलाई किन आउन दियो र आइसकेपछि फेरि उतै फर्काइयो ?
यसको जवाफ न प्रहरीसँग छ न सरकारसँग नै । छ त केवल विपतका बेलामा गाईजात्रा । यस्तै विराटनगरबाहेक अन्य स्थानबाट काठमाडौं आएकालाई पनि रोकिएको छ । अहिले पनि काठमाडौं प्रवेश नपाएकाहरु नागढुंगामै अलपत्र अवस्थामा छन् । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167