Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अध्यागमनसम्बन्धी नयाँ आदेश जारी गर्ने भएका छन् । यसअघि जारी गरेका विश्वभरका शरणार्थी तथा मुस्लिम बहुल देशका नागरिकलाई प्रवेशमा निषेध गर्ने आदेशमा अदालतले रोक लगाएपछि ट्रम्पले नयाँ आदेश जारी गर्न लागेका हुन् ।
ट्रम्पले गत महिना पद सम्हालेलगत्तै जारी गरेका आदेशको व्यापक आलोचना भएको थियो । लगत्तै कानुनी मान्यताप्राप्त भिसा भएका नागरिकलाई समेत विभिन्न विमानस्थलमा रोकिएको थियो भने कतिपयलाई स्वेदश फिर्ता गरिएको थियो । यसबाट अमेरिकाभर ट्रम्पको विरोध भएको थियो ।
नयाँ आदेशमा के हुनेछ भन्नेबारे अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर ट्रम्पका निकट सहयोगी केलियाने कन्वेले फक्स न्युजसँग कुरा गर्दै प्रतिबन्धित देशको सूचीबाट इराकलाई हटाउने बताए । यसबाहेक इरान, लिबिया, सिरिया, सोमालिया, सुडान र यमन गरी ६ देशका नागरिकलाई भने ९० दिनको प्रतिबन्ध लाग्न सक्ने जनाइएको छ । ‘तर प्रतिबन्धित देशका ग्रिन कार्ड भएकाहरूलाई भने नयाँ आदेशबाट प्रभावित हुने छैनन्,’ कोन्वेले भने ।
नयाँ आदेश आगामी मार्च १६ बाट लागू हुने कोन्वेले बताए । १० दिनअगाडि नै पूर्वसूचना दिइँदा यसअघि सामना गरिएको अस्तव्यस्त अवस्थामा कमी आउने उनको भनाइ छ । यसअघि गत २७ जनवरीमा पूर्व जानकारीबिना आदेश जारी गर्दा अमेरिकाभर अस्तव्यस्त अवस्था सिर्जना भएको थियो ।
एफबीआईद्वारा आरोप अस्वीकार
ट्रम्पले आफू निर्वाचित हुनुअघि पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नो फोन टयाप गर्न निर्देशन दिएको भनेर गरेको दाबीलाई संघीय अनुसन्धान ब्यूरो (एफबीआई) का निर्देशक जेम्स कोमेले अस्वीकार गरेका छन् ।
न्युयोर्क टाइम्सका अनुसार निर्देशक कोमेले ट्रम्पले लगाएको आरोपलाई सार्वजनिक रूपमा अस्वीकार गर्न न्याय मन्त्रालयलाई आग्रह गरेका छन् । तर मन्त्रालयले यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन । अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार निर्देशक कोमेले ट्रम्पको आरोप पुष्टि गर्ने कुनै प्रमाण नभएको पनि बताएका छन् ।
ट्रम्पले शनिबार शृंखलाबद्ध ट्वीट गर्दै ओबामाले गत वर्ष ट्रम्प टावरको फोन टयाप गर्न निर्देशन दिएको दाबी गरेका थिए । उक्त आरोपको ओबामाका प्रवक्ताले खण्डन गरिसकेका छन् ।
No comments:
Post a Comment