सरकारलाई ७ दिने अल्टिमेटम समर्थन फिर्ता अघि - मधेसी मोर्चा - - newsallabc.com

Breaking

Tuesday, March 7, 2017

सरकारलाई ७ दिने अल्टिमेटम समर्थन फिर्ता अघि - मधेसी मोर्चा -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




काठमाडौं । सप्तरी घटनापछि प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा केही लचिलो बनेको छ । र, समर्थन फिर्ता अघि ७ दिने अल्टिमेटम दिने नयाँ निर्णय गरेको छ ।

मोर्चाको सोमबार साँझ बसेको आकस्मिक बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने समझदारी भएको थियो । र, सभामुखलाई लिखित औपचारिक जानकारी तयारी स्वरुप मंगलबार ३ बजे बैठक राखिएको थियो ।
तर, मंगलबार विहानै प्रधानमन्त्री प्रचण्ड र मधेसी मोर्चाका नेता एवं तमलोपा अध्यक्ष महन्थ ठाकुरबीच टेलिफोन सम्वाद भयो । उनले थप छलफलका लागि मधेसी मोर्चाका शीर्ष नेताहरुलाई ३ बजे वार्तामा पनि बोलाए ।
लगत्तै बसेको मधेसी मोर्चासहितको संघीय गठवन्धनको बैठकले सरकारलाई ७ दिने अल्टिमेटम दिने निर्णय गरेको छ । ‘संविधान संशोधन विधेयक पास गर्न र गैरसंवैधानिक चुनाव घोषणा फिर्ता लिन ७ दिने अल्टिमेटम दिएका छौं,’ गठवन्धनका प्रवक्ता ओम गुरुङले अनलाइनखबरसँग भने ।
मधेसी मोर्चामा आवद्ध रामसपाका महासचिव केशव झाले पनि समर्थन फिर्ता अघि ७ दिने अल्टिमेटम दिने मोर्चा र गठवन्धन दुबैको निर्णय भएको बताएका छन् ।
अल्टिमेटमबारे जानकारी दिन मधेसी मोर्चाका नेताहरूले भोलि बुधबार विहान ९ बजे प्रधानमन्त्री प्रचण्डलार्इ भेट्दैछन् । प्रधानमन्त्रीले मंगलबार नै वार्तामा बोलाएका थिए तर, मोर्चाका नेताहरू गएनन् ।
नेपाल बन्दसहित आन्दोलन कार्यक्रम
संघीय गठवन्धनले सप्तरी घटनाको विरोधमा आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । उसले २६ गते काठमाडौंसहित देशभर प्रदर्शन गर्ने र २७ गते नेपाल बन्द गर्ने निर्णय गरेको छ ।
साथै सप्तरी घटनाबारे मानवअधिकार आयोग र राष्ट्रसंघको ध्यानाकर्षण गराउने र अन्तराष्ट्रिय समुदायसँग छलफल गर्ने निर्णय गरेको छ । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167