माओवादी - कांग्रेस खटपटk - newsallabc.com

Breaking

Thursday, February 9, 2017

माओवादी - कांग्रेस खटपटk

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


काठमाडौं- आगामी जेठमा चुनाव नहुने सम्भावना बढ्दै गएका बेला सत्ता सहयात्री दल नेपाली कांग्रेस माओवादी केन्द्रसँग असन्तुष्ट हुन थालेको छ। चुनाव मिति घोषणा गर्न प्रधानमन्त्री डराइरहेको भन्दै कांग्रेसका दोस्रो तहका नेताले माओवादी केन्द्रसँग यसअघि गरिएको भद्र सहमतिबारे कुरा उठाउन थालेका छन्। फागुन पहिलो सातासम्म चुनाव मिति घोषणा नगरे जेठ मसान्तसम्म चुनाव हुन नसक्ने कांग्रेसका नेताको निष्कर्ष छ। उनीहरूले प्रधानमन्त्री संविधान संशोधन र चुनाव दुवै काममा असफल हुँदै गएको आरोप लगाएका छन्।

चुनावका लागि तयार भएको देखिने तर मिति घोषणा नगर्ने प्रधानमन्त्रीको नीति बुझ्न नसकेको कांग्रेस नेताहरूको भनाइ छ।
 
स्रोतका अनुसार कांग्रेस नेताहरू माओवादी केन्द्रसँग भएको भद्र सहमतिअनुसार आगामी चैतपछि माओवादी केन्द्रले कांग्रेेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने बुझाइमा छन्। माओवादी भने दाहाल नेतृत्वको सरकारले एउटा चुनाव गरेपछि मात्र सत्ता हस्तान्तरण गर्ने पक्षमा छ।
पार्टीका शीर्ष नेताबीच कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको  छलफलमा चुनाव मिति घोषणा गर्न ढिलो भइरहेका बारेमा कुराकानी भएको पार्टी उच्च स्रोतले बतायो। छलफलमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेता कृष्ण सिटौलालगायत सहभागी थिए। नेता पौडेलले चुनाव मिति तत्काल घोषणा गर्न प्रधानमन्त्रीलाई कांग्रेसले दबाब दिनुपर्ने बताएका थिए। मिति तत्काल घोषणा नभए जेठमा चुनाव हुन नसक्ने पौडेलको भनाइ थियो।
अनौपचारिक छलफलपछि पूर्वसभापति सुशील कोइरालाको पहिलो पुण्य स्मृति दिवसका अवसरमा पार्टी कार्यालयमै आयोजित  कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी २०७४ माघ ७ गतेभित्र तीनवटै तहको चुनाव हुने बताएका थिए। उनले भने, 'चुनाव हुन्छ, हुन्छ।'
नेता पौडेलले तत्काल चुनाव मिति घोषणा गर्नुपर्ने माग राखेका थिए। चुनावका लागि तयार रहन पनि उनले कार्यकर्तालाई निर्देशन दिएका थिए। उनले भने, 'चुनाव मिति तत्काल घोषणा हुनुपर्छ। तीनै तहको चुनाव भएपछि मात्र संविधान कार्यान्वयन हुन्छ।'
स्रोतका अनुसार कांग्रेसका दोस्रो नेताहरूले  फागुन दोस्रो सातासम्म पनि चुनाव मिति घोषणा नभएमा प्रधानमन्त्री दाहालको विकल्प खोज्न सभापति देउवालाई सुझाव दिएका छन्। 'अब केही दिनभित्र चुनाव मिति घोषणा नभएमा प्रधानमन्त्रीले चुनाव गर्न चाहेका छैनन् भन्ने पुष्टि हुन्छ', कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले भने, 'चुनाव मिति घोषणा नगर्ने सरकारमा कांग्रेस किन बस्ने?'
कांग्रेस नेतृत्वले प्रधानमन्त्रीलाई चुनाव र संविधान संशोधन सँगसँगै अघि बढाउन प्रधानमन्त्रीलाई सुझाव दिएको पार्टी स्रोतले बतायो। प्रधानमन्त्री भने जेठमा चुनाव गर्न आलटाल गरेर कार्यकाल लम्ब्याउँदै गएको कांग्रेसका नेताहरूको आरोप छ। 'चुनाव गर्न कमान्डर (प्रधानमन्त्री) असफल हुँदै गएका छन्।
'केही दिनभित्र चुनाव मिति घोषणा नभएमा जेठमा चुनाव नहुने निश्चित छ', कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतले भने, 'सरकारको छाँटकाँट हर्दा जेठमा चुनाव हुने स्थिति छैन।'
स्रोतका अनुसार कांग्रेस नेताहरू माओवादी केन्द्रसँग भएको भद्र सहमतिअनुसार आगामी चैतपछि माओवादी केन्द्रले कांग्रेेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने बुझाइमा छन्। माओवादी भने दाहाल नेतृत्वको सरकारले एउटा चुनाव गरेपछि मात्र सत्ता हस्तान्तरण गर्ने पक्षमा छ। सहमतिअनुसार आगामी जेठमा स्थानीय चुनाव भए पनि माओवादी केन्द्रले सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा कांग्रेस नेताहरू छन्। 'चैतपछि भद्र सहमतिको कुरा उठ्छ। सहमति कार्यान्वयन गर्न आगामी वैशाखमा  दाहालले सरकारको नेतृत्व कांग्रेसलाई बुझाउनुपर्छ', देउवा निकट एक नेताले भने। देउवालााई भेट्न जाने कांग्रेसका दोस्रो तहका नेताहरूले पनि दाहालले चुनाव गर्न नचाहेको गुनासो गर्न थालेका छन्।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167