Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
२० माघ, काठमाडौं । बिहीबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुमा स्थानीय निर्वाचन घोषणाको तयारी, सम्भावना र चुनौती विषयका समाचारहरुले फ्रन्टपेजमा स्थान पाएका छन् ।
अन्नपूर्ण पोस्ट् दैनिकले दलहरुको कमजोरीका कारण तत्कालिन समयमा ज्ञानेन्द्र शाहले १५ महिना शासन गर्ने मौका पाएको विश्लेषणात्मक समाचारलाई मुख्य समाचार बनाएको छ । त्यस्तै सर्वोच्च अदालतले द्वन्द्वकालिन उजुरीसम्बन्धी मापदण्ड खारेज गरिदिएको समाचारलाई महत्व दिएको छ ।
नयाँ पत्रिका दैनिकले तत्काल चुनाव घोषणा भए के हुन्छ ? भनेर विश्लेषणत्मक समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ । त्यस्तै भारतले नेपाललाई दिने अनुदान वृद्धि भएको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।
नागरिक दैनिकले निर्वाचन आयोगलाई चुनावको तयारी थाल्न सरकारले पत्र लख्ने समाचारलाई महत्व दिएको छ । त्यस्तै आतंकवादविरुद्ध नेपाल सक्रिय भएको समाचारले पनि स्थान पाएको छ ।
कान्तिपुर दैनिकले ‘चुनावको मिति तोकिँदै’ शीर्षकको समाचार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादान खस्कँदै गएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।
राजधानी दैनिकले एमालेले मधेशी जनताकै घरमा दुई साता होमस्टे गर्ने घोषणा गरको समाचारलाई प्राथमिकता दिएको छ ।
गोरखापत्र दैनिकले ‘पुनर्संचना प्रतिवेदन परिमार्जन गर्न सकिन्छ’ शीर्षकको समाचार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारका २४ हजार उजुरी परेको समाचारलाई महत्व दिएको छ ।
नेपाल समाचारपत्र दैनिकले सर्वोच्च अदालतले तामेली मापदण्ड खारेज गरेको समाचारलाई फ्रन्टपेजमा महत्वका साथ प्रकाशित गरेको छ ।
No comments:
Post a Comment