कुरा भयो प्रधानमन्त्री दाहाल र ओलीबीच तीन घण्टासम्म - newsallabc.com

Breaking

Friday, February 10, 2017

कुरा भयो प्रधानमन्त्री दाहाल र ओलीबीच तीन घण्टासम्म

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार दिउँसो करिब तीन घण्टासम्म छलफल भएको छ।
माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पहलमा उनकै निवास हरिसिद्धिमा भएको भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले दुई नेताबीच जेठ १ गते स्थानीय निर्वाचन गर्ने सहमति भएको बताएका छन्। प्रधानमन्त्रीले कुनै पनि हालतमा जेठ १ मा स्थानीय निर्वाचन गर्नुपर्ने र त्यसका लागि आवश्यक घोषणा फागुन ८ गते गर्ने समेत खुलासा गरे।
ओलीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले चुनावको मितिका बीचमा पनि मधेसी मोर्चासँगको छलफल र संविधान संशोधनमार्फत् उनीहरुलाई संविधानको अपनत्व ग्रहण गराएर निर्वाचन गर्ने दोहोर्याएका छन्।
स्रोतका अनुसार अनावश्यक संविधान संशोधनमा किन जाने भन्ने ओलीको प्रश्नमा दाहालले संविधानको व्यापक अपनत्वबाटै त्यसको कार्यान्वयनमा सफल हुने भएकाले आफू सो प्रयासामा लागि रहने बताएका थिए।

श्रेष्ठ निवासमा बिहान ९ः३० देखि १२ः३० बजेसम्म भएको ओली दाहाल वार्तामा एमालेका उपाध्यक्ष भीमबहादुर रावल र माओवादीका उपाध्यक्ष श्रेष्ठ साथमा थिए । माओवादी सचिवालय स्रोतले दिएको जानकारी अनुसार अनुसार दाहालले आगामी जेठ १० गते भित्र स्थानीय निर्वाचन सक्नेगरी संविधान संशोधनसहित निर्वाचनमा जाने प्रस्ताव राखेका थिए ।
प्रसतावलाई ठाडै अस्वीकार गर्दै एमालेका अध्यक्ष ओलीले किन र केका लागि संविधान संशोधन प्रस्ताव भन्ने प्रश्न गरे । ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘प्रधानमन्त्री जी तपाई सिधै निर्वाचनको घोषणा गर्नुहोस्, हामो साथ र सहयोग रहन्छ। मधेसी मोर्चासँग पनि सम्बन्ध सुधार गर्दैर्छौ, नडराउनुहोस् हामी तपाईको काध थाप्न पनि तयार छौं ।’
माओवादी उपाध्यक्ष श्रेष्ठका अनुसार शीर्ष नेताको छलफलमा स्थानीय निर्वाचनको मिति घोषणा गर्ने र संविधान संशोधनको प्रक्रिया पनि अघि बढाउने बिषयमा सहमति भएको छ । उनले अन्नपूर्णसंग भने, ‘दुबै पक्षको विवादबीच मेरो प्रयास हो । म आफ्नो प्रयासमा दृढ छु ।’
एमालेका उपाध्यक्ष रावलले प्रधानमन्त्रीले बारम्बार मन्त्रीपरिषद्को बैठकबाट समेत निर्वाचनको मिति तोक्ने र केही सयमभित्रै सो निर्णयबाट पछि हट्ने कार्य गरेकाले अब बोलेर होइन, मिति तोकेरै चुनावको मिति घोषण गर्न चुनौती दिएको बताए ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167