इन्डोनेसियामा पहिरोमा परी बाह्रको मृत्यु - newsallabc.com

Breaking

Friday, February 10, 2017

इन्डोनेसियामा पहिरोमा परी बाह्रको मृत्यु

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


जाकर्ता, २८ माघ । इन्डोनेसियाको बालीमा रहेको बाङ्गली जिल्लाका दुई वटा गाउँमा शुक्रबार आएको बाढीपहिरो परी १२ व्यक्तिको मृत्यु भएको छ ।
घटनामा परी अन्य अन्य पाँच जना घाइते भएका प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार अवान र सुकावान गाँउमा पहिरो गएको हो ।
मृतक सवैको शव पहिरोबाट निकालिएको छ भने घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

घटनास्थलहरुमा उद्धार तथा राहतका लागि सुरक्षाकर्मी, उद्धारकर्मी र स्थानीय बासिन्दाहरु खटिएका छन् ।
अन्य जिल्लाहरुमा पनि बाढी पहिरोको खतरा रहेकाले त्यस क्षेत्रमा पनि सतर्कता बढाइएको अधिकारीहरुले जनाएका छन् ।
इन्डोनेसियामा बर्षेनी बाढी पहिरोमा परी धेरै नागरिकहरुको मृत्यु हुने गरेको छ । सिन्ह्वा

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167