मधेसी मोर्चाको आपत्ति "सिके राउतलाई पक्राउ गरेको भन्दै" - newsallabc.com

Breaking

Friday, February 3, 2017

मधेसी मोर्चाको आपत्ति "सिके राउतलाई पक्राउ गरेको भन्दै"

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.



संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस टुक्र्याउने भनि खुलेआम अभिव्यक्ति दिँदै हिँड्ने सिके राउत पक्राउको विरोध गरेको छ ।
स्रोतका अनुसार बालुवाटारमा प्रधानमन्त्रीसँग शुक्रबार साँझ भएको छलफलका क्रममा मधेसी मोर्चाले सिके राउत पक्राउ गरेको भन्दै आपत्ति जनाएको हो । 
मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्ताव अघि बढिरहेको तथा अहिले मधेस पनि शान्त बन्दै गएको अवस्थामा राउतलाई पक्राउ गरेर फेरि अशान्ति ल्याउन खोजेको भन्दै आपत्ती जनाएको बैठकमा सहभागि एक नेताले रातोपाटीलाई जानकारी गराए ।
उनका अनुसार सिके राउतले मंसिर पहिलो साता नै सिरहामा आयोजित कार्यक्रममार्फत राष्ट्रिय अखण्डता विरोधी अभिव्यक्ति दिएको तर अहिले आएर संशोधन प्रस्तावलाई भाँड्ने र मधेसीलाई बाइपास गरेर चुनाव गर्ने उद्देश्यका साथ उनलाई प्रहरीलाई पक्राउ गरेको आरोप लगाएका थिए ।

यद्यपी उनीहरुले मोर्चा सिके राउत समर्थनमा नरहेको भने प्रष्ट पारेका थिए । ‘हाम्रो समर्थन उनको (सिके राउतको) होइन, मात्रै उनलाई पक्राउ गर्ने टाइमिङ मिलेन भन्ने हो, मधेस शान्त बन्दै गएको बेला उनलाई पक्राउ गरिँदा समस्या आउन सक्छ भन्ने चिन्तामात्रै हो ।’
जवाफमा प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दल र जनस्तरबाट आएको गुनासोको आधारमा उनलाई पक्राउ गरिएको भन्दै राष्ट्रियता विपरितको अभिव्यक्ति दिने छुट कसैलाई नभएको समेत बताएका थिए ।
अहिलेको आवश्यकता संविधानको कार्यान्वयन र निर्धारित समयमा स्थानीय तहको चुनाव भएको भन्दै प्रचण्डले त्यसका लागि सबै दलहरु मिल्न जरुरी रहेको र मधेसी मोर्चाको साथ अनिवार्य रहेकोमा जोड दिए ।
संविधान संशोधन र चुनावमा एकमत भए सिके राउत जस्ता व्यक्तिहरु सल्बलाउन नसक्ने समेत उनको भनाई थियो ।
सिके राउतलाई सिरहा प्रहरीले बुधबार जनकपुरबाट पक्राउ गरेको थियो भने उनीविरुद्ध आज राज्यविप्लव विरुद्धको मुद्दा दर्ता गरेको छ।
बैठकमा मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन र स्थानीय तह पुर्नसंरचना आयोगले बुझाएको प्रतिवेदनमा भएको बेमेलपछि मात्रै चुनावको मिति घोषणा हुनुपर्नेमा समेत जोड दिएकामा प्रम प्रचण्डले मोर्चाको सहमति मै चुनावको मिति घोषणा गर्ने पनि आश्वस्त पार्ने प्रयास गरेका थिए ।
‘तपाईँहरु अहिले आत्तिनु पर्ने अवस्था छैन, मैले निर्वाचनको मिति घोषणा गरिसकेको छैन निर्वाचन आयोगलाई तयारी अवस्थामा बस्नु मात्रै भनेको छु’, प्रचण्डको भनाई उदृत गर्दै मधेसी मोर्चाका एक नेताले भने ।
तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले बाहिर आएजस्तो मोर्चाको असहमतिकै बीच चुनावको मिति घोषणाको तयारीमा सरकार लागेको भनिनुको सत्यता नरहेको प्रमले जानकारी दिएको बताए ।

बैठकमा मोर्चाको तर्फबाट नेताहरु महन्थ ठाकुर, अशोक राई, महेन्द्र राय यादव, लक्ष्मणलाल कर्ण, कौशलेन्द्र मिश्र, र शर्वेन्द्रलाल शुक्ला, वृषेशचन्द्र लाललगायतको सहभागिता थियो ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167