कोहलपुरमा विद्यालय स्तरिय खेलकुद छनौट प्रतियोगिता सुरु - newsallabc.com

Breaking

Saturday, February 4, 2017

कोहलपुरमा विद्यालय स्तरिय खेलकुद छनौट प्रतियोगिता सुरु

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


कोहलपुर- बाँकेको कोहलपुरमा शुक्रबारबाट बाँके क्षेत्र नं. १ विद्यालय स्तरिय खेलकुद तथा नवौं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ ।
कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. का सांसद भेदराज भारले खेलकुद क्षेत्रले राष्ट्रिय एकता गर्ने भएकोले विद्यालय स्तरबाट खेलकुद क्षेत्रलाई प्राथमिकतादिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउदले विद्यालय तहमा खेलकुद क्षेत्रलाई शिक्षाका रुपमा जोड दिन आग्रह गरे । लक्ष्मी माविको आतिथ्यमा २३ गते सम्पन्न हुने प्रतियोगितामा क्षेत्र नम्बर १ मा रहेका ३९ वटा सरकारी तथा संस्थागत विद्यालयले सहभागिता जनाएका छन् ।
सो प्रतियोगिताबाट प्रमथ र द्वितीय भएका खेलाडिहरुले जिल्ला स्तरिय प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, कपर्दी लङ्गजम लगायतका खेलहरु समावेश गरिएको छ ।
जिल्ला खेलकुद विकास समितिकी कोषाध्यक्ष एवम् क्षेत्र नं. १ की संयोजक नारयणी वलीको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा विभिन्न राजनीति दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, विभिन्न विद्यालयका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167