Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
- 'जीवनकला यो गाउँका क्यान्सरका कारण ज्यान गुमाउने १७ औं व्यक्ति हुन् भने नारायण १८ औं'
- , काठमाडौं
माघ २२, २०७३- उत्तरी झापाको शान्तिनगर ९ की ५९ वर्षीया जीवनकला भण्डारीको गत साता शुक्रबार क्यान्सर रोगले निधन भयो । त्यसै दिन शान्तिनगर ८ का नारायण खतिवडाले पनि क्यान्सरबाटै मृत्युवरण गरे ।
जीवनकला यो गाउँका क्यान्सरका कारण ज्यान गुमाउने १७ औं व्यक्ति हुन् भने नारायण १८ औं । यसअघि १६ जनाको क्यान्सरबाटै मृत्यु भइसकेको छ । केही दिनअघि मात्र जीवनकलाले लामो समय खेतबारीमा विषादी प्रयोग गरेका कारण क्यान्सर भएको बताएकी थिइन् ।
यो गाउँका अधिकांश कृषकले उब्जनी बढ्ने र मनग्गे आम्दानी हुने लोभमा विषादी प्रयोग गरेको पाइएको छ । शान्तिनगर टमाटर खेतीका लागि जिल्लामै चिनिएको गाविस हो ।
विषादी प्रयोगका कारण यहाँ क्यान्सर प्रकोप बढेको अनुसन्धानले देखाएको छ । अत्यधिक विषादी प्रयोग गर्ने जिल्लामा झापा पहिलो नम्बरमा छ । तरकारी तथा कृषिजन्य उत्पादन बढाउन यस क्षेत्रमा घातक विषादी प्रयोग पाइएको स्थानीय बासिन्दा तथा मेचीनगर नगरपालिकाका पूर्वउपप्रमुख चन्द्र भण्डारीले दाबी गरे । ‘१८ जनाको मृत्यु भइसक्यो’, उनी भन्छन्, ‘धेरै स्थानीय क्यान्सरको जोखिममा छन् ।’ भण्डारीका अनुसार अहिले युवामा कान नसन्ने, मिर्गौला बिग्रने र महिलामा पाठेघर, स्तन क्यान्सरका साथै थाइरोइडजस्ता रोग देखिन थालेका छन् ।
बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका चिकित्सक डा. अञ्जनीकुमार झा ३० वर्षयता विषादीले मुलुकलाई गाँज्दै लगेको बताउँछन् । विषादी अत्यधिक प्रयोगकै कारण क्यान्सरको जोखिम बढेको उनले दाबी गरे । विषादीको अत्यधिक प्रयोगबाट क्यान्सरसाथै बाँझोपन, नसारोग लगायतका समस्या निम्तिन सक्छन् । विषादीबाट नेपालमा बर्सेनि ३० लाखभन्दा बढी सर्वसाधारण प्रभावित भइरहेको र १८ हजारभन्दा बढीले ज्यान गुमाउने गरेको झाले बताए । ‘सहरका भन्दा ग्रामीण किसान विषादीको बढी जोखिममा छन् । ग्रामीण किसानले खानामार्फत मात्र नभएर विषादी भण्डारण गर्दा र छर्दासमेत ग्रहण गरिरहेका हुन्छन्,’ उनले भने ।
झापामा तरकारी बालीका साथै चियाखेतीमा घातक विषादीको अत्यधिक प्रयोग पाइएको छ । झापापछि काभ्रे, चितवन, सप्तरी र सिराहामा विषादीको अत्याधिक प्रयोग पाइएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार पछिल्लो समय शान्तिनगरमा भने विषादीको प्रयोग घट्दो छ । ‘विगतमा गरेको अत्यधिक प्रयोगको असर अहिले देखिएको हुन सक्छ’, कृषि विकास कार्यालयका वाली विज्ञ राजेन्द्र खरेलले भने,‘अहिले देखिएको समस्या तत्कालको होइन ।’
विषादी विरुद्धका अभियन्ता दीपेन्द्र पौड्यालले चियाबाली र त्यसपछि तरकारीमा बढी विषादी प्रयोग भइरहेको दाबी गरे । उनका अनुसार चिया वालीमा इमिडा क्लोरोपिड, इमामेक्टिम, बेन्जोएट, स्पाइरोमेसिफिन, एसितामापिड लगायतका दर्जनौं विषादी प्रयोग गरिन्छ । जुन स्वास्थ्यका दृष्टिकोणले ज्यादै घातक मानिन्छ । ‘एक बिघा चिया बगानमा ५० लिटरभन्दा बढी विषादी प्रयोग भइरहेको छ’, पौड्यालले भने ।
No comments:
Post a Comment