गौँथली आयो : चीनबाट - newsallabc.com

Breaking

Wednesday, February 1, 2017

गौँथली आयो : चीनबाट

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


नेपाल वायुसेवा निगमको चौथो चिनियाँ विमान वाइ-१२-इ (गौँथली) बुधबार काठमाडौं आइपुगेको छ । 



यो विमान चीनको कुन्मिङ्बाट अमेरिकी कम्पनीकालागि काम गर्ने नेदरल्याण्डका पाइलटहरु रोबर्टस भर्बोंक र मार्क अबोनचुरले बर्मा, भारतको कोलकाता हुँदै हवाई मार्गबाट काठमाडौंमा ल्याएका हुन् । 

निगमका सहायक प्रवक्ता शैलेश कशांकारका अनुसार, दिउँसो साढे ४ बजे काठमाडौंमा अवतरण गरेको यो विमान सहुलियतपूर्ण ऋणमा नेपालले चीनसँग खरिद गरेका चारवटामध्येको एक हो । अब चीनमा निगमकालागि अर्डर गरिएका दुइवटा यही वर्गका विमान ल्याउन बाँकी छन् ।

नेपाल सरकारले ०७० मंसिरमा चीनले बनाएका दुई वर्ग फिलिटका ६ वटा विमान (दुइटा एमए–६० र चार वटा वाइ-१२-इ) का लागि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ हाराहारीको ऋण तथा अनुदान प्याकेजमा सम्झौता गरेको थियो ।

यो रकममध्ये २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग थियो भने ३ अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत दरको ऋण थियो । सबैभन्दा पहिले अनुदानअन्तर्गत २०७१ वैशाखमा चीनले नेपाललाई ५६ सिट क्षमताको एमए ६० र ०७१ को कात्तिकमा दुर्गम उडानका लागि १६ सिट क्षमताको वाइ-१२-इ विमान उपलब्ध गराएको थियो । तेस्रो एमए–६० गत बिहीबार साँझ नेपाली पाइलटहरुले मंगलबार कुन्मिङ्बाट बंगलादेशको ढाका हुँदै काठमाडौंमा ल्याएका थिए ।

चिनियाँ विमान लिन १९ दिनअघि निगमले इन्जिनियरिङ ( मर्मत) विभाग प्रमुख पोषकराज ज्ञवाली र अपरेशन विभागका प्रमुख रवीन्द्र शेरचनको नेतृत्वमा टोली पठाएको थियो । 

अब निगमसँग आन्तरिक रुटकालागि दुइवटा क्यानेडियन ट्विनअट्टर र चारवटा चिनियाँ विमान गरी ६ वटा जहाज भएका छन् । नेपालमा आन्तरिक रुटकालागि सबैभन्दा धेरै जहाज हुनेमा बुद्ध एयर हो । हाल बुद्धसँग आठवटा विमान आन्तरिक रुटमा उडाउँदै आएका छन् । तारा र यती एयरसँग ६/६ वटा विमान आन्तरिक रुटकालागि रहेका छन् । 

यो विमानले काठमाडौं, विराटनगर, नेपालगञ्ज र पोखराबाट दुर्गम रुटमा उडान भर्ने छ । निगमको एमए–६० विमानले धनगढी, नेपालगन्ज, भैरहवा, भद्रपुर, विराटनगर क्षेत्रमा उडान गर्दै आएको छ ।

निगमको एउटा ट्विनअट्टर तारा एयरले मर्मत गरेर १० वर्षका लागि लिजमा लिइ उडाइरहेको छ भने अर्को ट्विनअट्टर विमान बिग्रेर ह्यांगरमा थन्किएको छ । त्यो विमानलाई पनि केही महिनाभित्रै मर्मत गरेर उडाने निगमको तयारी रहेको छ । निगमसँग अन्तर्राष्ट्रिय रुटका लागि एउटा बोइङ-७५७ र दुइटा एयरबस ए–३२० विमान छन् ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167