Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
बुहारी खोई भनेको सुन्दा दिक्क लाग्छः यमबुद्धका पिता
काठमाडौं । लण्डनमा आत्महत्या गरेका चर्चित र्यापर यमबुद्ध (अनिल अधिकारी) का परिवारजनले मिडियासँग गुनासो पोखेका छन् । मिडियाले आफूहरुलाई नसोधिकन यमबुद्धको मृत्युबारे विभिन्न समाचार लेखेको र विशेष गरी बुहारी अस्मिता सेढार्इं गायव रहेको भन्नेजस्ता समाचारका लेखेका कारण परिवारमा चोट पुगेको मृतकका परिवारजनको गुनासो छ ।
यमबुद्धको १३ दिने काजकिरिया अहिले मैतीदेवीस्थित उनको घरमै भइरहेको छ । यमबुद्धका काका डा. कृष्ण अधिकारी सेता लुगा लगाएर आफ्ना भतिजको किरिया बारिरहेका छन् । डा. अधिकारी नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष एवं नेपाल मेडिकल काउन्सिलका सदस्यसमेत हुन् ।
अस्मिताले अनलाइनखबरसँग भनिन्- ‘अरुले यमबुद्ध गुमाएका छन्, तर मैले अनिल अधिकारी, अर्थात पति गुमाएकी छु
मैतीदेवीस्थित यमबुद्धको घरमा सेतो पहिरनमा यमबुद्धकी पत्नी अस्मिता सेढाईं अधिकारी शोकाकूल अवस्थामा भेटिइन् ।
पतिवियोगमा परेका बेला मिडिया र सामाजिक सञ्जालहरुमा आइरहेका विभिन्न प्रतिक्रियाबारे आफू पनि अपडेट भइरहेकी उनले बताइन् । यसबाट आफूलाई थप ‘टर्चर’ भएको अस्मिताले सुनाइन् ।
अस्मिताले अनलाइनखबरसँग भनिन्- ‘अरुले यमबुद्ध गुमाएका छन्, तर मैले अनिल अधिकारी, अर्थात पति गुमाएकी छु, यसबाट जेजति चोट परेको छ, मलाई परेको छ ।’
भतिजको बरखी बारिरहेका काका डा. कृष्णले अनलाइनखबरसँग भने- ‘यो घटनाबारे समाचार लेख्दा पत्रकारहरुले हामी परिवारका सदस्यलाई सोधेर लेखिदिएको भए हुन्थ्यो, कतिपयले त बुहारी अस्मिता सेढाईं सम्पर्कविहीन छन् भनेरसम्म लेखिदिए, तर बुहारी अहिले यहीँ, घरैमा छिन्, हामीसँगै छिन् ।’
काका डा. कृष्णका अनुसार बुहारी अस्मिता यमबुद्धको शव काठमाडौं आइपुग्नुभन्दा अघिल्लो दिन नै लण्डनबाट आइपुगेकी हुन् । यमबुद्धको शव शनिबार ल्याइएको थियो, तर अस्मिता शुक्रबार नै काठमाडौं आएकी हुन् ।
मिडियाले प्रज्ञा प्रतिष्ठानमा अस्मितालाई नदेखेको भन्दै कतिपय आशंका प्रकट गरेकोमा पनि यमका काका कृष्ण अघिकारीले गुनासो पोखे । उनले भने- ‘बुहारी यहाँबाट सिधै आर्यघाटमा गएको हुनाले एकेडेमीमा उनी नदेखिएकी हुन् । आर्यघाटमा उनी हामीसँगै थिइन् । त्यहाँ सदगति गरिसकेर अहिले बुहारी र हामी मैतीदेवीमा सँगै १३ दिने कार्य गरिरहेका छौं ।’
यमबुद्धकी पत्नी सम्पर्कविहीन छिन् भनेर गलत कुरा प्रचार भएको गुनासो गर्दै काकाले अगाडि भने- ‘बुहारी अस्मिता हामीसँगै छिन् भन्ने पत्रकारज्यूलाई विश्वास लाग्दैन भने फोटो खिचेर लानोस् र छापिदिनोस्, ता कि सबैले थाहा पाउन् यमबुद्धकी पत्नी अहिले यमबुद्धकै घरमा छिन् ।’
यमबुद्धका पिता अम्बिकाप्रसाद अधिकारीले पनि बुहारीका विषयमा प्रश्न उठाइएकोमा दुख लागेको अनलाइनखबरलार्इ बताए । घरमा भेट्न आउनेजति सबैले बुहारी कहाँछिन् भनेर प्रश्न उठाउने गरेको सुन्दा आफूहरुलाई पीडामाथि पीडा थपिएको उनले सुनाए ।
यमबुद्धका पिता अम्बिकाप्रसादले अनलाइनखबरसँग भने- ‘बुहारी हामीसँगै घरैमा छिन्, तैपनि बुहारी खोई भनेर प्रश्न गरेको सुन्दा दिक्क लाग्छ ।’
No comments:
Post a Comment