नौ भेट - नारायणकाजी - - newsallabc.com

Breaking

Saturday, February 11, 2017

नौ भेट - नारायणकाजी -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


माघ २९, २०७३- दलहरूबीच सहमति जुट्न नसकिरहेका बेला एउटा पात्रको नाम बारम्बार चर्चामा आउने गर्छ– माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ।

  • प्रधानमन्त्री दाहाल
  • एमाले अध्यक्ष ओली
  • फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदार (फोनमा)
  • कांग्रेस सभापति शेरबहादुर देउवा
  • प्रमुख निर्वाचन आयुक्तसहित पदाधिकारीहरू
  • संसद् महासचिव
  • आफ्नो निवासमा दाहाल–ओली भेट
  • राप्रपा अध्यक्ष कमल थापा
  • मधेसी मोर्चा प्रतिनिधिहरू

  • बिहीबार र शुक्रबार उनले गरेका नौवटा भेटले तत्कालै देखिने नतिजा त हासिल भएनन्, तर पछिल्लो समय एकअर्कासँग संवादमा कमै बस्ने प्रधानमन्त्री पुष्पकमल दाहालदेखि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसम्म, राप्रपा अध्यक्ष कमल थापादेखि मधेसी मोर्चाका प्रतिनिधिसम्म उनले गरेका भेट सहमति निर्माणका लागि सकारात्मक देखिएका छन् ।
    श्रेष्ठले बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा कुरा गर्दै स्थानीय चुनाव घोषणा गराउने वातावरण कसरी बनाउने भन्नेबारे छलफल गरे । त्यसपछि दिउँसो संसद् महासचिव मनोहरप्रसाद भट्टराईसँग, त्यसपछि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित अन्य निर्वाचन आयुक्त र कर्मचारीसँग चुनावको प्राविधिक पक्ष र समयसीमाबारे परामर्श गरे । संविधान संशोधन विधेयक अघि बढाउँदै चुनाव गर्न सकिने सम्भावनाबारे मधेसी मोर्चाका दोस्रो तहका नेताहरूसँग संवाद चलाएर बेलुका उनी एमाले अध्यक्ष केपी ओली भेट्न बालकोट पुगे । त्यहाँ एक घण्टा बिताएर उनले प्रधानमन्त्री र उनीबीच संवाद पहल गर्ने सल्लाह गरी फर्के । श्रेष्ठले ओलीलाई प्रधानमन्त्री दाहालसहित ‘भोलिपल्ट बिहानको खाना’ अफर गरे । ओलीको सहमतिपछि उनी फेरि बालुवाटार पुगे दाहाललाई मनाउन । गत साउनमा सत्तामा आएपछि दाहालसँग कमै भेट्ने गरेका ओली हरिसिद्धिस्थित नारायणकाजी निवास पुग्न तयार हुनु उनकै पहलको उपलब्धि थियो ।
    ‘सौहार्द वातावरणमा सवा घण्टा उहाँहरूले कुरा गर्नुभयो, कुनै तिक्तता पोखिएन,’ दाहाल–ओलीबीच भेट सिध्याएर नयाँदिल्ली उड्न ठिक्क परेका श्रेष्ठले कान्तिपुरसँग भने, ‘समयमै सहमति जुटाएर निर्वाचनतिर लागिएन भने संविधान कार्यान्वयन गर्न ढिलाइ हुन्छ भन्नेमा पहिलोपल्ट दुवै नेतालाई एकैपल्ट गम्भीरतापूर्वक कुरा गराउन सफल भइयो । फागुन पहिलो साताभित्र अब निर्वाचन घोषणा हुन्छ । त्यसको वातावरण आज (शुक्रबार) को भेटले बनाएको छ ।’ जेठ १ गते स्थानीय चुनाव हुने गरी फागुन पहिलो साता मिति घोषणा गर्न दाहाल र ओली लन्च मिटिङमा सकारात्मक भएको श्रेष्ठको भनाइ छ ।
    बिहीबार राति ओली भेटेर फर्कंदै गर्दा श्रेष्ठले फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई टेलिफोन गरी अहिलेकै अवस्थामा स्थानीय चुनाव गर्न सकिने सम्भावनाबारे कुरा गरेको बताए । उनले त्यसअघि राप्रपा अध्यक्ष कमल थापासँग पनि कुरा गर्दै राप्रपाको चासो र प्राथमिकता जान्न चाहे । अनि शुक्रबार बिहानै उनी पुगे कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न बुढानीलकण्ठ । देउवाले निर्वाचनकै लागि आफ्नो प्रयास रहेको भन्दै अब सरकारले चुनाव मिति घोषणा गर्ने आँट गर्नुपर्ने प्रतिक्रिया दिएका थिए । दुई नेताबीच श्रेष्ठको दिल्ली भ्रमणबारे पनि कुराकानी भएको स्रोतले बतायो । देउवा र दाहालबीच नौ–नौ महिनाको सरकारको नेतृत्व आलोपालो गर्ने अवधिको पहिलो चरण गुज्रिनै लाग्दा देउवा र श्रेष्ठबीच कुराकानी भएको हुन सक्ने ठानिएको छ ।
    अन्तरदलीय छलफलमा सक्रिय हुने छवि बनाएका श्रेष्ठको सार्वजनिक पहिचान एक दशकअघि नेकपा एकता केन्द्रमा हुँदा तत्कालीन भूमिगत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने बेलादेखि खुलेको हो । त्यस बेला उनी मिडियामा आउन, तस्बिर खिचाउन मनाही गर्ने गर्थे । २०६३ मंसिरमा सरकार र माओवादीबीच बृहत् शान्ति सम्झौता हुँदाको बेलादेखि उनी सार्वजनिक जीवनमा छन् । संविधान नबनाईकनै पहिलो संविधानसभा अवसान हुने बेला त्यसलाई बचाउन उनको पहललाई अरू दलका नेताहरूले समेत सह्राएका थिए । संशोधन विधेयक र चुनाव घोषणामा जेलिएको राजनीतिक गतिरोधबीच श्रेष्ठले लिएको पहल टुंगोमा पुग्छ कि पुग्दैन भन्ने नतिजा हेर्न चाहिं केही समय पर्खनैपर्छ ।

    No comments:

    Post a Comment

    glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167