फेरी अर्को 'बिहे प्रस्ताव नमानेपछि एसिड प्रहार' - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Monday, February 6, 2017

फेरी अर्को 'बिहे प्रस्ताव नमानेपछि एसिड प्रहार'

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.



acidमाघ २४, २०७३- होटलमा बास बसेका प्रेमीको एसिड प्रहारबाट रुपन्देहीमा एक युवतीको मृत्यु भएको छ ।

नवलपरासी गैडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटाको आज उपचारको क्रममा मृत्यु भएको हो । धादङ, नौविसे-१ का २८ वर्षीय सुनील कोइरालाले उनलाई राति करिब साढे १२ बजे एसिड प्रहार गरेका थिए । बिहे गर्ने प्रस्ताव राख्दा नमानेपछि प्रेमिकालाई एसिड प्रहार गरेको कोइरालाले प्रहरीलाई बयान दिएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासीनीका अनुसार उनीहरु हिजो बुटवल-६ मा रहेको मेरिडियन होटलमा बसेका थिए । मृतककी सानीमा ४० वर्षे देवी खरेल सहितसाँझ करिब ६ बजे होटलमा गएका थिए । होटलमा सानीमा छुट्टै र उनीहरुले छुटटै कोठा लिएर बसेका थिए । 
साँझ ९ बजे आफ्नो कोठामा गएका कोइरालाले राति करिब साढे १२  बजे एसिड खन्याइदिएका थिए । युवती चिच्याएर सहयोग मागेपछि होटल स्टाफहरुले सबै ढोका थुनेर कोइरालालाई समातेर प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले राति नै युवतीको उद्धार गरी बुटवलको लुम्बिनी अञ्चल अस्पताल पुर्‍याइएको थियो ।  
८० प्रतिशत बढी शरीर जलेकी उनको त्यहाँ उपचार नहुने बताएपछि प्रहरीले नै युनिभर्सल मेडिकल कलेज भैरहवामा लगेको थियो । भैरहवाको अस्पतालले पनि उपचार हुन नसक्ने भन्दै सामान्य मलमपट्टी गरेर काठमाडौं बर्नीड. सेन्टरमा खबर गरेको थियो । प्रहरीले आफन्त खोज्ने र लैजाने तयारी गर्दै गर्दा युवतीको सोमबार मध्यान्ह मृत्यु भएको छ । 
उनको शव अहिले भैरहवाको भीम अस्पतालमा राखिएको जिप्रका रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए । प्रहरीले होटलमासँगै आएकी काठमाडौं चाबहीलकी मृतककी सानीमा देवी खरेल र युवक कोइराला दुवैलाई नियन्त्रणमा लिइ इलाका प्रह्री कार्यालयमा राखेको छ । 
युवकले आफ्नो ३ वर्षदेखिको प्रेम सम्बन्ध रहेको तर पछिल्लो समयमा युवतीले बिहे गर्न नमानेकाले एसिड खन्याइदिएको बताएका छन् । युवती एक्लै नआएपछि सानीमासहित घुम्न बोलाइको उनले बताएका छन् ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167