‘मोटरसाइकल ट्याक्सी’ अवैधानिक - सरकारले भन्यो कारबाही हुन्छ - - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Monday, February 6, 2017

‘मोटरसाइकल ट्याक्सी’ अवैधानिक - सरकारले भन्यो कारबाही हुन्छ -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.



Road-Traffice-1२४ माघ, काठमाडौं । भारतीय नाकाबन्दीका बेला ‘लिफ्ट कल्चर’ निकै लोकप्रिय भयो । धेरै मोटरसाइकल र निजी गाडीले सडकमा सवारी साधन कुरिरहेका यात्रुहरुलाई आफ्नो रुटमा गन्त्व्यसम्म लिफ्ट दिएर सहयोग गरे ।

नेपाली युवाहरुको एक समूहले ‘लिफ्ट कल्चर’लाई व्यवसायिक रुप दिने गरी ‘टुटल एप’ बनाएका छन् । र, यो एपको प्रयोग गरेर सार्वधारणले सडकमा गुडिरहेको मोटरसाइकल (मोटरसाइकल-ट्याक्सी )मा भाडा तिरेर यात्रा गर्न सकिनेछ ।
तर, सरकारले भने निजी सवारीले यात्रु बोक्नु गैरकानुनी हुने भन्दै बन्द गर्ने चेतावनी दिएको छ ।
के हो टुटल एप ?
टुटल एप हो काठमाडौंमा यात्रु र मोटरसाइकल/स्कुटी चालकलाई जोड्ने माध्यम हो । पैसा तिरेर मोटरसाइलकमा यत्रा गर्न चाहानेका लागि यो एप बनाइएको हो ।
आफ्नो मोटरलाइकलमा यो सुविधा दिन चाहने र सेवा लिन चाहने दुबैले एप डाउनलोड गर्नुपर्छ । टुटल एपबाट सेवा लिन चाहेका बेला इन्टरनेटसँग जोडिएर आफू जाने रुटका मोटसाइकल चालकसँग सम्पर्क गराइदिन्छ ।
यो सेवाका दिने लिने दुबैले टुटल एपमा दर्ता हुनुपर्छ । एकपटक दर्ता भएपछि चाहेको बेला सेवा लिन र दिन सकिन्छ । बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म यो सेवा लिन/दिन सकिन्छ । तीन किलो मिटरसम्मको ५० रुपैयाँ र त्यसपछि प्रति किलोमिटर १२ रुपैयाँ भाडा थपिन्छ ।
सेवा लिन चहँदा नजिकै रहेका मोटरसाइकललाई बोलाउन सकिन्छ । सेवा लिनुअघि आफू जाने गन्तब्य म्यापबाटै जानकारी गराएपछि मोटरसाइकल चालक सेवा दिन आइपुग्नेछन् । भाडा इ-सेवामार्फत वा नगदमै भुक्तानी गर्न पाइन्छ ।
भाडाको २० प्रतिशत रकम टुटल एपलाई तिनुपर्छ । अहिले दैनिक ३०/४० जनाले यसको प्रयोग गरिरहेका छन् ।
टुटल एपका सह-संथापक शिक्षित भट्ट भन्छन्, ‘हामी इनोभेटिभ आइडियालाई परीक्षण गरिरहेका छौं । यो लिफ्ट कल्चर विकास गर्ने एप हो ।’
यो सेवा अवैधानिकः विभाग
यातायात ब्यवस्था विभनगले भने निजी सवारीले भाडा लिएर यात्रु बोक्नु अवैधानिक भनेको छ । विभागका प्रवक्ता डा. टोकराज पाण्डे भने, ‘मोटरसाइकल सार्वजनिक सवारी जसरी भाडा उठाएका भेटिए तत्काल कारवाही गर्छौं ।’
यातायात ब्यवस्था ऐनले एउटा प्रयोजनमा दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन नपाउने स्पष्ट ब्यवस्था गरेको छ । अहिले चर्चामा रहेको ‘मोटरसाइकल ट्याक्सी’ पनि यो ब्यवस्थाको विरुद्ध रहेको ठहर सरकारको छ ।
उनका अनुसार निजी सवारीलाई भाडामा चलाउन दिन माग गर्दै विभागमा आवेदन पनि परेको थियो । तर, ऐनले नै रोकेको भन्दै अस्वीकार गर्दै आएको छ ।
कानुन पढेर आविस्कार गर्ने हो र ?
नेपाली युवाहरुले मोटरसाइकलमै ‘पेइङ लिफ्ट’ कल्चर विकास गर्न लाग्दा कानुन नै बाधक देखिएको छ ।
टुटल एप बनाउने युवाहरु भने कुनै पनि आविस्कार कानुन हेरेर नहुने बताउँछन् । टुटल एपका सह-संथापक भट्ट भन्छन्, ‘नयाँ कुरालाई कानुनले समेटेकै हुन्छ भन्ने छैन । हामी त्यसअनुसारको ब्यवस्था गर्न सरकारसँग पहल गर्नेछौं ।’
उनी नेपालमै केही गर्छु भनेर आएका युवालाई हतोत्साही नगर्न सरकारलाई आग्रह गर्छन् । भट्ट भन्छन्, ‘यो नयाँ सोचसहित आएको सेवालाई प्रवर्द्धन सरकारले नै गर्नुपर्छ । नेपाली युवाले गरेको विकासे नेपालकै गौरबको विषय हो ।’

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167