Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश विखण्डन गर्छु भन्ने सीके राउतविरुद्ध जुनसुकै हदसम्म जान पनि सरकार तयार रहेको बताएका छन् । साथै उनले राउतलाई खुलेआम गतिविधि गर्नु विगतको सरकारको गल्ती भएको बताएका छन् ।

स्वतन्त्रताको नाममा देशको सार्वभौमसत्ता, अखण्डताविरुद्ध खुलेआम गतिविधि गर्न दिनु विगतको सरकारको कमजोरी भएको उनले बताए । उनले भने, ‘कुनै पनि सर्तमा देशलाई विखण्डन गर्छु भन्नेप्रति नरम हुन सकिँदैन । सरकार जुनसुकै हदमा जान तयार छ ।’
सरकारले गम्भीर सोच विचार गरेर र सबै पक्षसँग रायसल्लाह लिएर नै राउतविरुद्ध कमद चालेको बताए ।
विगतको जस्तो गल्ती नदोहोर्याउने भन्दै प्रधानमन्त्री प्रचण्डले भने, सरकार अघि बढिसक्यो । सुरक्षा निकाय र राजनीतिक नेतृत्वले यो गम्भीरता बुझेको छ र सहयोग गर्ने विश्वास छ ।’
जितिन्छ कि हारिन्छ चिन्ता छैन, चुनाव गराउँछु
प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टी हारेपनि चुनाव गराएरै छाड्ने दाबी गरेका छन् । साथै आगामी चुनावमा भोटिङ मेसिन प्रयोगका लागि आफू सकारात्मक रहेको बताए ।
प्रमुख विपक्षी दलले सरकार चुनाव गराउन गम्भीर नभएको आरोप लगाइरहेका बेला प्रधानमन्त्रीले भने आगामी मंसिरभित्रै तीन वटै चुनाव गर्ने योजना सुनाए । प्रचण्डले भने, ‘जितिन्छ कि हारिन्छ भनेर चिन्ता लिएको छैन । मेरो पार्टीले हार्न पनि सन्छ । तर, देशले जित्छ ।’
सातै उनले भोटिङ मेसिन प्रयोगबाट गृहकार्य गर्न निर्वाचन आयोगलाई आफूले भनिसकेको बताए । यसबारे छलफल गर्न आफूले २५ गते सर्वदलीय बैठक बोलाउन र भोटिङ मेसिनबारे पि्रजेन्टेसन गर्न आयोगलाई भनेको प्रधानमन्त्री प्रचण्डले बताए ।
आयोगले केही रकम चाहिन्छ भनेको भन्दै उनले भने, केही पैसा चाहिन्छ भने सरकार तयार छ ।’
No comments:
Post a Comment