Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
काठमाडौं । आइतबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल दबाव र तनाव भएको समाचारदेखि अनिश्चयबीच दलहरु निर्वाचनको अभियानमा लागेकोसम्मका समाचारले फ्रन्टपेजमा स्थान पाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल तनाव र दबावमा भएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले कालिकोटको कोटवाडामा पहिलोपटक हवाईजहाज पुगेको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।
अन्नपूर्ण पोस्ट् दैनिकमा सुरक्षा विज्ञ समितिले राष्ट्रिय सुरक्षा सचिवालयलाई सुदृढ बनाउन सुझाव दिएको समाचारलाई महत्व दिएको छ ।
सप्तरीस्थित गोबरगाढा गाउँवासीको पीडालाई मुख्य समाचार बनाएको नागरिक दैनिकले भोट खसाल्न जनता आतुर भएको समाचारलाई प्राथमिकता दिएको छ ।
कान्तिपुर दैनिकको फ्रन्टपेजमा एमाले-मोर्चा नजिकिएको विषयमा विश्लेषणात्मक समाचार छापिएको छ ।
राजधानी दैनिकले अनिश्चयबीच दलहरु निर्वाचन अभियानमा लागेको समाचारलाई महत्व दिएर प्रकाशित गरेको छ ।
न्यायालय सुधारका प्रतिवेदन कार्यान्वयन नभएको समाचार र जनयुद्ध दिवस ओझेलमा पर्दै गएको समाचारलाई गोरखापत्र दैनिकले फ्रन्टपेजमा छापेको छ ।
नेपाल समाचारपत्र दैनिकमा नेपाली नर्सहरुको पीडासम्बन्धी समाचारले महत्वपूर्ण स्थान पाएको छ । त्यस्तै ‘चुनावबाट को भाग्दै ?’ शीर्षकको समाचार पनि फ्रन्टपेजमा छापिएको छ ।





No comments:
Post a Comment