Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
काठमाडौं प्रहरी प्रमुख वरिष्ठ उपरिक्षक छबिलाल जोशीले सरकारले आवश्यक पूर्वाधार बनाएर निर्देशन दिए काठमाडौंका निश्चित क्षेत्र २४ घण्टा खुला गर्न प्रहरी तयार रहेको बताएका छन्।
विदेशी पर्यटकका लागि ठमेल र दरबारमार्ग क्षेत्रको रात्रिकालिन सहित अन्य ब्यवसायलाई आवश्यक सुरक्षा दिन प्रहरी सक्षम रहेको जोशीले बताएका हुन्। उनले आवश्यक परे अन्य सुरक्षा निकायसँगको सहकार्यमा राजधानीको प्रमुख पर्यटकीय क्षेत्र २४ घण्टा खुला राख्ने सरकारी योजनामा सुरक्षा कमजोरी नहुने बताए।
‘काठमाडौंमा आउने विदेशी पर्यटकका लागि स्वच्छ मनोरञ्जन र अन्य सुविधा २४ घण्टा उपलब्ध गराउन सुरक्षित वातावरण प्रहरीले दिनेछ, हामी तयार छौ,’ एसएसपी जोशीले भने काठमाडौं प्रहरी प्रमुख हुनु अघि खासै चर्चामा नरहेका जोशी सरुवाको विषयसँगै चर्चामा छन्।
एसएसपी सरुवाको बिषय उनकै कारणले रोकिएको चर्चा सार्वजनिक भएपछि सबैको चासोमा रहेका जोशीले प्रहरी अधिकारीले आफ्ना अजेण्डा र विचार नभई प्रहरीलाई सरकारले दिएको जिम्मेबारी र दायित्व इमान्दारीसाथ पूरा गर्न आफू कटिवद्ध रहने बताए। उनले प्रहरी संगठन नै गृह मन्त्रालय मातहतमा रहेकाले कुनै प्रहरी अधिकारीले आफूलाई गृहमन्त्रीको मान्छे भन्नुु पूर्वाग्रही सोच भएको उल्लेख गरे।
काठमाडौंको गुण्डागर्दी र त्यसको प्रभाव, आर्थिक अपराध र सामाजिक अपराधमा आफ्नो कार्यशैली सुन्य सहनहिलता अन्र्तगत हुने जोशीले दाबी गरे। उनले अपराधीलाई नभई आपराधीक मनोवृत्ती र कारण बिरुद्धको कारवाहीले निरन्तरता पाउने बताए।
‘हिजो के थियो, के भयो भन्ने बिषय गौण हो, नागरिकको जिउधनको सुरक्षा र शान्तिपूर्ण वातावरण कायम राख्ने जिम्मेबारी हो, त्यो पुरा हुन्छ,’ एसएसपी जोशीले भने।
सर्वसाधारणको सुरक्षा पहिलो प्राथमिकताः राई
विदाई र स्वागत : ललितपुरका नव नियुक्त एसएसपी ठूले राई (बायाँ) उनले स्थानान्तरण गरेका एसएसपी पिताम्बर अधिकारी।
काठमाडौं जस्तै ललितपुरका प्रहरी प्रमुख एसएसपी ठुले राई पनि प्रहरीका आफ्ना अजेण्डा भन्दा प्रहरीलाई प्राप्त म्याण्डेट अनुसारको कार्य नै आफ्नो प्राथमिकतामा रहेको बताए। उनले अघिल्ला प्रहरी प्रमुखले सुरुवात गरेका अभियानको निरन्तरता प्राथमिकतामा रहेको बताए ।
‘प्रहरीलाई प्राप्त म्याण्डेट र सर्वसाधारणको जिउधनको सुरक्षा पहिलो प्राथमिकता हो, राम्रा अभियानले निरन्तरता पाउनेछ,’ एसएसपी राईले भने ।
ललितपुर प्रहरी प्रमुखका रुपमा १९ महिना सफलतापूर्वक बिताएका पिताम्बर अधिकारीको स्थानमा गृहले शालिन प्रहरी अधिकारीका रुपमा परिचित ठुले राईको सरुवा गरेको हो।
भौगोलिक बनावट र मानज बस्तीका कारण राजधानीको कर्णाली उपमा पाएको ललितपुरमा ठूला अपराध भन्दा सामाजिक अपराध ब्याप्त छ। एसएसपी अधिकारीको कार्यकालमा सामाजिक अपराधका रुपमा ब्यापक रहेको आत्महत्याविरुद्धको अभियान सफल उदाहरण मान्निछ। यस्तै विकट क्षेत्रमा प्रहरी पहुँच र घटनाको सफल अनुसन्धानका कारण एसएसपी अधिकारी ललितपुर क्षेत्रका राम्रो चर्चा कमाउन सफल भएका थिए।
No comments:
Post a Comment