Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
२७ माघ, बिहीबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले सरकारको समीक्षादेखि स्थानीय निर्वाचनबारे भएका गतिविधि र नेताका अभिव्यक्तिसम्बन्धी समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।
अन्नपूर्ण पोस्ट् दैनिकले प्रधानमन्त्री ‘असफल’ शीर्षकमा समीक्षात्मक समाचारलाई महत्वका साथ छापेको छ । त्यस्तै नेपाल प्रहरीका डिआईजीको बढुवामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच विवाद भएको समाचारलाई पनि फ्रन्टपेजमा प्रकाशित गरेको छ ।
नयाँ पत्रिका दैनिकमा विदेशसम्बन्धबारे सरकारले लिएको नीति र त्यसको प्रतिफलसम्बन्धी समाचारले महत्व पाएको छ ।
विद्युतीय भोटिङ मेसिन खरिदमा ‘कानुन मिच्दै सरकार’ शीर्षकको समाचारलाई प्राथमिकता दिएको नागरिक दैनिकले नेपाली चुल्ठो र दाह्रीले विदेशी बजारमा जमाएको प्रभावबारेको समाचारलाई प्राथमिकता दिएको छ ।
कान्तिपुर दैनिकको फ्रन्टपेजमा राष्ट्रपति विद्यादेवी भण्डारीले दलका नेताहरुलाई सचेत गराएको समाचार र महाभियोग सिफारिस समितिले अख्तियारका तत्कालिन प्रमुख लोकमानसिंह कार्कीमाथि कारबाही हुनुपर्ने प्रतिवेदन बुझाएको समाचारले स्थान पाएको छ ।
महानगरले मोनो रेलको योजना ल्याएको समाचारलाई महत्व दिएको राजधानी दैनिकले नयाँ आइजीपी बन्न रस्साकस्सी भएको समाचारलाई एंकर बनाएको छ ।
गोरखापत्र दैनिकमा प्रधानमन्त्री पुष्पकमल दाहालले चुनाव हुनेमा शंका नगर्न आग्रह गरेको समाचारले महत्वपूर्ण स्थान पाएको छ । त्यस्तै, विवाह गर्न अब २० वर्ष पुग्नैपर्ने समाचारले पनि प्राथमिकता पाएको छ ।
‘घातक एसिड खुलमखुला’लाई मुख्य समाचार बनाएको नेपाल समाचारपत्र दैनिकले राप्रपा अधिवेशनमा नेतृत्वका लागि रस्साकस्सी बढेको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।





No comments:
Post a Comment