Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक समुदायको पहिचान र अधिकारका निम्ति आफू अनवरत सङ्घर्षमा रहेको बताउनुभएको छ ।
आज रौतहटको जिङ्गहवामा आयोजित नेपाल–भारत मुसायरा ९कवि सम्मेलन० लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “म सबै जाति, भाषा, कला, संस्कृति र समुदायको पहिचान र अधिकारको पक्षमा छु । हिमाल, पहाड र मधेसबीच राष्ट्रिय एकताको पक्षमा छु । मेरै नेतृत्वमा जनयुद्ध भयो, उत्पीडितको अधिकारको सङ्घर्ष भयो । अहिले नयाँ संविधानले उत्पीडितको पहिचान र अधिकारलाई संस्थागत गरेको छ । बाँकी अधिकार संविधान संशोधनको माध्यमद्वारा प्राप्त गर्दै जाने बाटो खुलेको छ ।”
कवि सम्मेलनले नेपाल र भारतबीचको सम्बन्ध सुदृढीकरणमा विशेष महत्व राख्ने उल्लेख गर्दै उहाँले सिर्जनाका माध्यमद्वारा मुस्लिम समुदायको पहिचान र अधिकार स्थापित गर्ने प्रयासमा आफू लागिरहेको बताउनुभयो ।
नयाँ संविधानमा मुस्लिम अधिकार संस्थागत भएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “संविधानमा मुस्लिम आयोगको व्यवस्था छ, यो संवैधानिक आयोग हो । अब मुस्लिमका अधिकार पनि संस्थागत हुँदै जानेछन् । सिर्जनाका माध्यमबाट आफ्नो समुदायको अधिकार र जागरणका निम्ति तपाईहरुले थाल्नुभएको अभियान प्रशंसनीय छ ।”
कार्यक्रममा नेपाल र भारतका ३६ जना मुस्लिम कविले भाग लिनुभएको छ । सम्मेलनमा मुस्लिम समुदायको भाषा, कला, संस्कृति, ऐतिहासिकता, पहिचान र अधिकारसँग सम्बन्धित कविता प्रस्तुत भएका थिए ।
परिवर्तनको अनुभूति गर्ने काम गर्न निर्देशन
मुस्लिम सम्मेलनपछि रौतहट जिल्लाका कार्यालय प्रमुखलाई प्रधानमन्त्रीले जनताले परिवर्तनको अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।
निर्देशनमा प्रधानमन्त्रीले केही दिनभित्रै सरकारले निर्वाचनको मिति घोषणा गर्ने जानकारी दिँदै जिल्लामा निर्वाचनको वातावरणका लागि आवश्यक प्रबन्ध गर्न निर्देशन दिनुभएको थियो ।
प्रधानमन्त्रीले भन्नुभयो, “संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता भएको छ । सरकार स्थानीय तहको निर्वाचनमा जुटिसकेको छ । तपाइँहरु पनि जिल्लामा निर्वाचनको वातावरण बनाउन आवश्यक प्रबन्ध गर्नुहोस् । निर्वाचनको वातावरण बनाउने र जनतालाई छिटो, छरितो र प्रभावकारी सेवा प्रदान गर्नु तपाइँहरुको दायित्व हो ।”
निर्देशनमा प्रधानमन्त्रीले पुँजीगत खर्च बढ्ने गरी विकास निर्माणका कामलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो । प्रधानमन्त्रीले आ–आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाको निरीक्षण र निर्देशन गर्न पनि कार्यालय प्रमुखलाई आग्रह गर्नुभयो ।
संसद्मा दर्ता प्रस्ताव मतदानमा लगेर पारित हुन्छ
यस्तै रौतहटमा आज आयोजित अर्को एक कार्यक्रममा प्रधानमन्त्रीले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई मतदानमा लगेर पारित गरिने बताउनुभयो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, “हिमाल, पहाड र मधेसलाई जोडेर निर्वाचनमा जाने मेरो सङ्कल्प छ । संविधानको स्वीकार्यता बढाउन संविधान संशोधन प्रस्ताव दर्ता गरिएको छ । संशोधन प्रस्तावलाई मतदानमा लगेर पारित गराउन सरकार गम्भीर रुपले लागेको छ ।”
आफ्नो नेतृत्वको सरकारले विकास र समृद्धिमा जोड दिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्ने र रोजगारीको अवसर सिर्जना गर्न लागिपरेको बताउनुभयो ।
कार्यक्रममा पूर्वमन्त्री प्रभु साहले सामूहिक प्रयत्नले मात्रै व्यापार, कृषि र उद्योगको विकास गर्न सकिने बताउनुभयो । उहाँले सडकको संरक्षण र बिवस्तारका लागि सडक बचाऊ अभियानको थालनी गरिएको बताउनुभयो ।
कार्यक्रममा ९माओवादी केन्द्र०का नेता एवम् पूर्वमन्त्री मातृका यादवले संविधान संशोधनपछि गरिने निर्वाचनले मात्रै राष्ट्रिय समस्याको सम्बोधन गर्नसक्ने बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्रीले रौतहटका सोनरनिया र कटरिया गाविसका विद्यालयमा अध्ययनरत एक हजार ५०० जना छात्रालाई आधुनिकस्तरका साइकल वितरण गर्नुभएको थियो ।
मधेसी छात्रा विद्यार्थीलाई विद्यालय आवतजावतमा प्रोत्साहन गर्ने उद्देश्यले सांसद साहको पहलमा साइकल वितरण गरिएको हो । कार्यक्रममा विभिन्न राजनीतिक दल सम्बद्ध ३१ जना विभिन्न पार्टी परित्याग गरी नेकपा ९माओवादी केन्द्र० मा प्रवेश गरेका थिए । रासस
No comments:
Post a Comment